| आइतवार, कार्तिक २२, २०८३

उपत्यकामा शुक्रबार बेलुका र राति परेको पानीमा देखिएको ‘पहेँलो लेदो’को असर खानेपानीदेखि बालीनालीसम्म परेको विज्ञहरुले बताएका छन् । घरका छतमा राखिएका पानीट्यांकमा सङ्कलित पानी प्रयोग नगर्न पनि उनीहरुले सुझाव दिएका छन् । भारतको राजस्थान मरुभूमिको धुलो हुरीले उडाउँदा सोही पहेँलो धुलो नेपाली वायुमण्डलमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवाष रिमालले बताए । मरुभूमिको धुलो नेपाली वायुमण्डलमा मिसिएको र सक्रिय मनसुनका कारण वर्षा बनेर उक्त धुलो पनि पानीसँगै खस्दा यसको चौतर्फी असर देखिएको उनको भनाइ छ । विशेषगरी काठमाडौं उपत्यकाका घरको छतका ट्याङ्कीमा सङ्कलन गरिएको पानी पिउनमात्र होइन– खाना बनाउन, हातखुट्टा धुनसमेत अयोग्य रहेको मौसमविद् रिमालले बाह्रखरीलाई जानकारी दिए । ad ad “हालै देखिएको यस प्रकारको पानीमा प्रदूषणयुक्त कणसमेत देखिएकाले यस्तो पानी उमालेर पिउनसमेत अयोग्य देखिएको छ,” रिमालले भने । यसका साथै पार्किङ गरी राखिएका सवारी साधन, सुकाएका कपडा र बालीनालीको फूल, कोपिलामा धुलो टाँसिदा र खोलानालाको पानी पिउँदा गाईवस्तुमा समेत यस किसिमको वर्षाले प्रत्यक्ष असर पुर्याएको छ । मौसमविद्हरुका अनुसार नेपालको पश्चिमी वायुमण्डल क्षेत्रमा यो पहेँलो धुलो मिसिए पनि नेपालका पूर्वी, मध्य र पश्चिमी सबै क्षेत्रमा यसको असर आगामी दुई दिनसम्म देखिनेछ । पहेँलो धुलोका साथै ज्यादा अम्लियपना हुने, प्रदूषणयुक्त कण रहने र हानिकारक रसायनिक तत्वसमेत देखिएकाले यस प्रकारको वर्षामा नरुझ्न, खुला स्थान र सङ्कलन गरिएको पानी नपिउन र यस प्रकारको पानीले आँखा पोल्ने, छालामा एलर्जी हुनेजस्ता अल्पकालीन समस्या देखापर्ने र यसबाट नआत्तिन पनि मौसमविद्को सुझाव छ । अरुबेला हिउँदमा, यसपटक बर्खामा राजस्थान नेपालबाट १५ सयभन्दा बढी किलोमिटर टाढा छ । विज्ञहरुका अनुसार यति टाढाको स्थानबाट नेपाली वायुमण्डलमा सामान्य अवस्थामा पहेँलो धुलो आउन सक्ने देखिँदैन । राजस्थानमा ठूलो हावाहुरीका कारण यस्ता कण नेपाली वायुमण्डलमा देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार यसअघि पनि हिउँदको समयमा मरुभूमिका कणहरु नेपाली वायुमण्डलमा आएको तर वर्खाको मौसममा भने नेपाली इतिहासमै ठूलो परिमाणमा पहिलो पटक यस्तो वर्षा भएको मौसमविद् रिमालले बताए । वायुमण्डलमा यस प्रकारको वर्षाको आंशिक असर केही दिनसम्म देखिन सक्ने महाशाखाको पूर्वानुमान छ । पहेँलो धुलोकै कारण आन्तरिक तथा बाह्य दुवै प्रकारको हर्वाइ उडानमा भने कुनै असर नपरेको रिमालले जानकारी दिए ।

फौजदारी अभियोग लागेका सांसद्को पद निलम्बन हुने

संघीय संसदमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका वेला प्रदेश ७ ले भने यो विषयको टु‌ंगो लगाएको छ। प्रदेश ७ मा त्यस्ता अभियोगमा मुद्दाको किनारा नलागेसम्म पद निलम्बन हुने नियमावली पारित भएको हो। गत फागुन २६ गतेको सभाले बैठकबाट सर्वसम्मत पारित गरेको प्रदेशसभा नियमावलीमा कुनै पनि सांसदलाई फौजदारी अभियोगमा पक्राउ गरी हिरासतमा राख्न सकिने उल्लेख  छ। अभियोगबारे सभामुखलाई जानकारी दिँदै मुद्दाको किनारा नलागेसम्म प्रदेशसभाका कुनै कार्यमा संलग्न हुन नपाइने नियमावलीमा उल्लेख छ। नियमावलीमा फौजदारी अभियोग लागेमा सभामुखलाई जानकारी गराएर पक्राउ गर्न सकिने व्यवस्था रहेको प्रदेश सभा सचिवालयका कानुन अधिकृत टेकप्रसाद जोशीले बताए।

‘नियमावलीमा यही पारित भएको छ संशोधन नभएसम्म यही कार्यान्वयन हुन्छ’,उनले भने।  पुर्पक्षका लागि थुनामा रहेको अवधीभर वा अदालतले फैसला गरेको कैद सजाय भुक्तान गरिरहेको अवधिभर सभामुखले सांसद पद निलम्बन गर्नुपर्ने व्यवस्था गरिएको प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पिताम्बर घिमिरेले बताए ।  ‘फौजदारी अभियोग भन्नाले हत्या, अपहरण, बलात्कार, भ्रष्टाचार लगायतका अपराध बुझिन्छ ।’ घिमिरेले भने । यस्तो उल्लेख छ नियमावलीमा ? प्रदेश सभा नियमावलीको दफा २०९ मा रहेको सदस्यको पक्राउसम्बन्धी जानकारीको उपदफा १ मा भनिएको छ, ‘ सविधानको धारा १८७ को उपधारा ६ को ब्यवस्था बमोजिम सभाको कुनै सदस्य पक्राउ गरिएको सुचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी तत्काल दिनेछ। ’ सोही दफाको उपदफा २ मा भनिएको छ ‘ बैठक नचलेको अवस्थामा उपनियम १ बमोजिम सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचनापाटीमा सोको सूचना टाँस गर्न लगाइ सञ्चारका अन्य माध्यमबाट त्यसको प्रचार प्रसार समेत गर्न लगाइनेछ।’

उपदफा ३ मा भनिएको छ ‘ सविंधानको धारा १८७ को उपधारा ६को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाइ फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाइ प्रहरी हिरासतमा रहेको अवस्थामा प्रदेशसभाको सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन।’ उपदफा ४ मा भनिएको छ, ‘कुनै सदस्यउपर प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर, कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर र कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्यलाई सभामुखले निलम्बन गनुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्