| आइतवार, कार्तिक २२, २०८३

हत्या गरेर शव लुकाएको अभियोगमा आबुँखैरेनीका आइतसिं पक्राउ

तनहुँ ; आबुँखैरेनी गाउँपालिका — ५ बरालुङ बस्ने १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत २२ गते लाठि सहित कडा वस्तुले शरीरको संवेदनशील अङ्खमा कुटपिट गरी शिशिरको हत्या गरेको अभियोगमा प्रहरीले सोहि ठाँउ बस्ने ५० वर्षीय आइतसिं गुरुङलाई पक्राउ गरको हो ।


कुटपिटबाट घाइते शिशिरको चैत २४ गते मृत्यु भएको घटनालाई गोप्य राखी लास सद्गद् गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आँबु खैरेनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट लास उत्खन्न् गरेको थियो ।

शवको पोष्टमार्टमका लागी गण्डकी स्वास्थ्य प्रतिष्ठान थियो । पका्रउ परेकाविरुद्घ आइबार जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तनहँु प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । हत्या अभियोगमा पक्राउ परेको आइतसिं मृतकका छिमेकि हुन् ।

प्रतिक्रिया दिनुहोस्