भुम्लिचोकमा निशुल्क स्वास्थ्य शिविर
दरौंदी ः गोरखाको गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । ३ दिने शिविरको पहिलो दिन मंगलबार एकसय २४ जनाले सेवा लिएका गाउँपालिकाका स्वास्थ्य शाखा सह संयोजक शंकर दुवाडीले जानकारी दिए ।
सेवा लिनेमध्ये स्त्रिरोग र हाडजोर्नी सम्बन्धी समस्याका धेरै रहेका उनको भनाइ छ । ल्यानसीड इन्टरनेशनल मेडिन ग्रुप ताइवानको प्राविधिक सहयोगमा वडा नं ६ ले भुम्लिचोक स्वास्थ्य चौकीमा शिविर आयोजना गरेको हो । शिविरमा ताइवानका तिन र नेपाली छ जना चिकीत्सक को टोलीले विरामीले स्वास्थ्य जाचँ गर्नेछन् ।
शिविरमा स्त्रिरोग, हाडजोर्नी, मुटु तथा साधारण उपचारको ब्यबस्था गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।




