| आइतवार, कार्तिक २२, २०८३

उछृङ्खल युबाहरुले सडक निर्माण गरिरहेको डोजर जलाए

शिव उप्रेती गोरखा : गोरखाको दुर्गम गाउँ लापुमा सडक निर्माण गरिरहेको डोजर स्थानीय उछृङ्खल युबाहरुले जलाएका छन् । धार्चे गाउपालिकाको गुम्दा, लापु सडकको पौटु भन्ने ठाउँमा सडक निर्माण गरिरहेको निश्चल निर्माणसेवाको डोजर गए राती जलाईएको गोरखाका प्रहरीप्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए । माछाखोला प्रहरी चौकीबाट गएको प्रहरी टोली अहिले घटनास्थल पुगिसकेको उनले बताए । डरधाकधम्की देखाएर विकास निर्माणको बजेट हातपार्ने बानी परेका स्थानीय विकास विरोधीहरुले सो डोजर जलाएको हुनसक्ने वडा नं ७ का अध्यक्ष सूर्यमान गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्