| आइतवार, कार्तिक २२, २०८३

दुर्गमबासीले सुरक्षित यात्रा गर्न पाउन्

उत्तरी गोरखा जाने बाटो बारे मन्त्री, सांसद, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी प्राय सबैै नै जानकार छन् । चुमनुब्री गाउँपालिका र उपल्लो धार्चेका बासिन्दा सँधै ज्यानको माया मारेर बुढीगण्डकीको किनारको बाटो हिड्नु पर्छ ।
बाटो भन्दा माथि पनि तल पनि पहिरोका कारण जोखिम यात्रा गर्नुपर्ने अबस्था छ । सर्दीभीरमा क्यान्टिलिभर पुल बनेपछि डोरीमा समातेर भीरमा झुण्डिएर हिड्नु पर्ने बाध्यता त ट¥यो, तर सो पुल पनि पहिरोले ह्वाङ्गै बनाइदिँदा त्रसित भएर हिड्नु पर्ने अबस्था छ ।
छेकम्पारको चौरीखर्कको बाटोमा झरेको पहिरोले गर्दा बाटो मासिएको छ । ढुंगा खसिरहने हुँदा भीरमा हेर्दै हिड्नु पर्ने अबस्था छ ।
माछाखोलाबाट तातोपानीसम्मको बाटो सेनाले निर्माण गरिरहेको छ । बम बिस्फोट गरेकाले माथिबाट ढुंगा खसिरहने हुँदा जोगिएर हिड्नु पर्ने अबस्था छ । स्थानीयबासी, पर्यटक र खच्चड एउटै बाटोमा हिड्नु पर्दा पनि जोखिम बढेको छ ।
यस्तो अबस्थाको अन्त्य गर्न दसकौं अघिदेखिको त्यस भेगका बासिन्दाका पहल अहिलेसम्म सम्बोधन भएको छैन । तीसौं बर्षअघि पनि त्यस भेगका बासिन्दाले बाटो नै माग गरेका थिए, अहिले पनि उनीहरुको प्रमुख माग स्तरीय बाटो नै हो ।
गाउँपालिकाले पनि बाटोका लागि प्रमुख प्राथमिकता दिनुपर्छ । त्यस्तै प्रदेश सरकाले पनि दुर्गम भेगको बाटो बनाउनका लागि योजना तयार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्