| आइतवार, कार्तिक २२, २०८३

सुगरका बिरामीले खानुपर्ने यी खानेकुरा

तीतेकरेला ः यसमा पाइने हाइपोग्लिसेमिक तत्वले पिसाब र रगतमा सुगरको मात्रा कम गर्छ । बढी लाभ हासिल गर्न बिहान खाली पेटमा तीतेकरेलाको जुस पिउने गर्नुपर्छ । करेलाको बियाँलाई पिसेर खानामा यसको पाउडर छरेर खाने गर्नाले पनि लाभ हुन्छ ।
अमला ः अमला भिटामिन सीको उत्तम स्रोत हो । एक चम्चा अमलाको रसमा एक कप तीते करेलाको जुस मिसाई दुई महिनासम्म बिहान नियमित सेवन गर्नाले उल्लेख्य सुधार महसुस गर्न सकिन्छ ।
जामुन ः जामुनमा जाम्बोलाइन नाम गरेको ग्लुकोसाइड पाइन्छ, जसले शरीरभित्र चिनी उत्पादन हुने क्रमलाई कम गरिदिन्छ । जामुनको दाना सुकाई यसको धुलो बनाउन सकिन्छ र एक चम्चा धुलोलाई दूध, पानी अथवा दहीसँग मिसाएर खाइयो भने रगत र पिसाबमा चिनीको मात्रा कम हुन्छ । मेथी ः दिनहुँ २५ देखि सय ग्रामसम्म मेथीका दाना खाएर रगत र पिसाबमा चिनीको मात्रा कम गर्न सकिन्छ। कति मात्रामा मेथी खाने भन्ने निक्र्याैल गर्नका लागि आयुर्वेदबारे जानकार वैद्यको परामर्श लिन आवश्यक छ ।
चना ः चना भिजाएको पानी खाने गर्नाले पनि शरीरमा चिनीको मात्रा सन्तुलित हुने गर्छ ।
आँपको पात ः आँपको कलिलो पात डायबेटिज रोगीका लागि अतिउपयोगी हुन्छ । १६ ग्रामजति आँपको पातलाई अढाई सय मिलिलिटर पानीमा रातभरि भिजाउने र बिहान पातलाई राम्रोसँग निचोरी नियमित पिउने गर्नाले डायबेटिजलाई नियन्त्रित अवस्थामा राख्न सकिन्छ । आँपको पात सुकाई यसको चूर्ण बनाएर दुई चम्चा चूर्ण दिनमा दुई पटक खाने गर्नाले पनि लाभ हुन्छ।

प्रतिक्रिया दिनुहोस्