| सोमवार, बैशाख ६, २०८३

हावाहुरी र वर्षाले पालुङटारका विद्यालयसहित घरहरुमा क्षति

आइतवारको बर्षासँगैको हावाहुरीले पालुङटार नगरपालिका–९ शेराका घरहरुमा क्षति पु¥याएको छ । विद्यालयसहित अधिकांश घरहरुको छाना उडाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्रिवेणी मावि र आसपासका करिव आठ घरधुरीको छाना उडाएको छ । छाना उडाएसँगै घरभित्र रहेका अन्नपात र लत्ताकपडा भिजेका छन् । पीडितहरु छिमेकीकोमा शरण लिनुपर्ने अवस्था रहेको बताइएको छ ।

यता असिनाका कारण मनकामना केवलकारको दुई वटा डिब्बाको भेन्टिलेसनको सिसा फुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोरखा आँवुखैरेनी सडकखण्ड अन्तरगत पाँच किलो भन्ने स्थानमा रुख ढलेर केहीबेर सडक अवरुद्ध भएको थियो । मझुवा प्रहरी चौकीबाट खटिएको टोलिले रुख पन्छाएर सडक सुचारु गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्