| शुक्रबार, बैशाख ३, २०८३

रास्वपा संसदीय दलका प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । बिहिबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।

गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका बुर्लाकोटी रास्वपाका महामन्त्री समेत हुन् । त्यस्तै, रास्वपाले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ । परियार र धिताल रास्वपाका केन्द्रीय सदस्य हुन् । दुवैजना समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्