| सोमवार, बैशाख ६, २०८३

वर्षाका कारण मेयर कपको फाइनल खेल स्थगित

पालुङटार नगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । बर्षातका कारण आइतवारको फाइनल खेल स्थगित भएको पालिकाले जनाएको छ ।

बैशाख ४ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनलमा वडा नम्वर ७ र ८ को टिम पुगेको थियो । आइतवार उनीहरुबीच प्रतिस्पर्धा हुने भनिएपनि प्रतिकूल मौसमका कारण खेल स्थागित गर्नपरेको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

स्थगित भएको फाइनल खेल आज हुने उनले जानकारी दिए । प्रतियोगितामा नगरपालिकाका ९ वटा वडाको सहभागीता रहेको थियो । प्रतियोगिता उपाधी बिजेता टिमले ६० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बिसीले जानकारी दिए ।

उपबिजेता टिमले ४० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने उनको भनाइ छ । प्रतियोगितामा सर्वाेत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही १० हजारका दरले पुरस्कृत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्