| सोमवार, कार्तिक २३, २०८३

ऐतिहासिक सम्पदाको फोहर ब्यबस्थापनमा तदारुकता देखाऊ

चारसय बर्ष प्राचीन गोरखा दरबार जिल्ला भित्रिने आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्य हो । तर यही क्षेत्रमा जथाभावी फोहोरफालेको पाइन्छ । यसले गोरखा दरबार परिसरको सौन्दर्यमा ह्रास आएको छभने वातावरण प्रदुषण भएको छ । यहाँ आएका पर्यटकले दरबारको ऐतिहासिक र सास्ंकृतिक पक्षसँगै फोहोरको डंगुरका फोटो पनि मानसपटल सहित क्यामरामा कैद गर्न बाध्य छन् । दरबार परिसरमा जथाभावी रहेको फोहोरका तस्विर सामाजिक सजांलमा पनि फैलिएको छ । यसले हामी गोर्खालीको शानमा पनि आँच पु¥याएको छ । जिल्लाका ऐतिहासिक तथा सास्कृंतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्न हामी सबैको दायित्व पनि हो । सदरमुकामका सामाजिक संघसंस्था समुहहरुले विभिन्न दिवस तथा अबसर पारेर यस्ता क्षेत्रमा सरसफाई गर्दै आएका छन् । कहिलेकाँही मात्रै होईन ऐतिहासिक र सास्ंकृतिक सम्पदास्थलहरुमा दिनदिनै सरसफाई गर्नु जरुरी छ । किनकी यो क्षेत्रमा हरेक दिन नयाँ नयाँ पर्यटक पुग्छन् । गोरखा दरबारमा फोहोरमैला ब्यबस्थापन गर्न दरबार हेरचाहको जिम्मेवारी बोकेको गोरखा दरबार हेरचाह अड्डाले पनि थिति बसाल्नु जरुरी छ । गोरखा दरबार सँगै गोरखा संग्रहालय परिसरमा पनि नियमित सरसफाईको ब्यबस्था मिलाउनुपर्छ । गोरखा दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न जिल्लाका जनप्रतिनिधिहरुले पहल पनि गरिरहेका छन् । तर यहिँ ठाउँमा फोहोर ब्यबस्थापनका लागि उनीहरुको ध्यान पुगेको देखिदैंन । यो क्षेत्रमा फोहोर राख्नका लागि डस्टविनको पर्याप्त ब्यबस्था गर्न जरुरी छ । सँगै नियमित रुपमा त्यहाँको फोहोर उठाउन ट्रिपरको ब्यबस्था गर्नु आबश्यक छ ।

प्रतिक्रिया दिनुहोस्