| मङ्लबार, कार्तिक २४, २०८३

शिक्षा क्षेत्रमा रुम टु रिडको योगदान

भनिन्छ, जहाँ सरकार बलियो छ, देश धनी छ, त्यहाँ गैरसरकारी संस्था कम हुन्छन् किनभने उनीहरुको काम पनि कम नै हुन्छ । जहाँ बग्रेल्ती समस्या, अभाव, गरिबी, संकट, बिपद् छ त्यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था धेरै हुन्छन्, किनभने त्यहाँ उनीहरुको काम पनि धेरै हुन्छ ।

नेपाल अल्पविकसित मुलुक हो । विकासको गतिमा विस्तारै उकालो लाग्दै गरेका कारण केही समयअघि नेपाल अल्पविकसितबाट विकासशील मुलुक बन्ने तर्खरमा थियो, तर वर्तमान संक्रमणले पुन गतिरोध भएको अबस्था छ । त्यसैले नेपाल गैरसरकारी संस्था धेरै भएको मुलुकभित्र पर्दछ ।

नेपालमा अहिलेसम्म लगभग एकलाख जति गैरसरकारी सामाजिक संस्थाहरु दर्ता भएका छन् । समाजकल्याण परिषद, जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, स्थानीय तहमा पनि दर्ता गरेर सञ्चालन गर्न पाउने व्यवस्था भएकाले कति दर्ता भएका छन्, कति नवीकरण भएका छन्, कति छैनन् भन्ने यकिन गर्न गाह्रो छ ।

यीमध्य करिब समाज कल्याण परिषदमा दर्ता भएका राष्ट्रिय गैरसरकारी संस्थाहरुको संख्या करिब ५५ हजार छन् । यीमध्य जम्मा १३ प्रतिशतमात्र क्रियाशिल छन् भन्ने अनुमान छ । अरु दर्ता नविकरण नभएका तथा निस्क्रिय रहेको अनुमान छ ।
त्यस्तै २५० जति अन्तर्राष्ट्रिय स्तरका गैरसरकारी संस्था समाज कल्याण परिषदमा दर्ता भएका छन् ।

रुम टु रिड शिक्षा क्षेत्रमा काम गर्ने एक सशक्त संस्था हो । यसले गोरखा लगायत विभिन्न जिल्लामा काम गरिरहेको छ । गोरखामा एकिकरण नेपाल नामक संस्थासंग साझेदारी गरी गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सिरानचोक, सहिदलखन, अजिरकोट, भीमसेनथापा, बारपाक सुलिकोट लगायतका पालिकाहरुमा काम गरिरहेको छ ।

विशेषगरी शिक्षकलाई तालिम दिएर ज्ञान, सीप, दक्षता अभिवृद्धि गरी सशक्त बनाउने काम गरिरहेको छ । बालिका शिक्षा कार्यक्रम लागु गरेर बालिकाहरुलाई सशक्तिकरणको काम गरिरहेको छ । लगानी पनि ठूलै छ, काम पनि मिहिन तरिकाले गरिरहेको छ । जुन विद्यालयमा रुम टु रिडले काम गरेको छ, त्यहाँ उसको प्रसंसा छ ।

प्रतिक्रिया दिनुहोस्