बिस्थापितलाई चाडो पुनस्थापित गराऊ
भूकम्प र पहिरोका कारण विस्थापित छ बस्तीका चारसय ६० घरधुरी ४२ महिनादेखि अहिलेसम्म पुनस्थापित हुन सकेको छैन । केरौंजाबाट बिस्थापित भएका तीनसय ४७ घरधुरीमध्य ४१ घरधुरीलाई मात्र जग्गा खरिद गर्ने अनुदान र जग्गाको लालपूर्जा प्रदान गरिएको छ । अरुको अबस्था अन्यौल छ ।
यो तथ्यांक आइसकेपछि पनि धेरै घरधुरी बिस्थापित भएका छन् । मान्बुको श्यामचेतका १३६ घरधुरी, लापु खानीगाउँका ४० घरधुरी यही साउन भदौमा बिस्थापित भएका हुन् । उनीहरुलाई स्थापित गराउन उपयुक्त जग्गा उपलब्ध छैन ।
हाललाई बर्खा महिनाका कारण स्थलगत अध्ययन गर्न नसकिएको बहाना बनाइएको छ । दशैंतिहारपछि स्थलगत अध्ययनका लागि टोली जाने राष्टिूय पुनर्निर्माण प्राधिकरणको भनाइ छ ।
बिस्थापित भएको ४२ महिना भयो, यतिबेला बिस्थापितहरुलाई जग्गा उपलब्ध गराएर घर बनाउने ब्यबस्था गराइसक्नु पर्ने थियो, तर अहिलेसम्म जग्गाको ब्यबस्था पनि नहुनु दुखद हो ।
सरकारले बिस्थापितलाई पुनस्थापित गराउन जग्गाका लागि मात्र दुईलाख रुपियाँ उपलब्ध गराउने व्यबस्था छ । त्यसबापत ३२ घरधुरीलाई ६४ लाख रुपियाँ उपलब्ध गराइसकेको जनाइएको छ । अरु धेरै बाँकी छन् । उनीहरुलाई बैकल्पिक जग्गाको ब्यबस्था गराइदिनु पर्छ ।
केरौंजा सबैभन्दा जोखिम बस्ती हो । उनीहरुलाई कहाँ राख्ने ? लामाबेशी जस्तो केही ठाउँ सिफारिस गरे पनि पर्याप्त छैन । खानीगाउँका बासिन्दालाई राख्ने उचित स्थल कहाँ छ ? पत्ता लगाउन गाह्रो छ । जनप्रतिनिधिहरुसंग समन्वय गरी स्थान खोज्नु पर्छ र त्यो जग्गा खरिद गर्न अनुदान दिई लालपूर्जा वितरण गर्नुपर्छ ।




