| आइतवार, कार्तिक २२, २०८३

राम्चे प्राविमा डिजिटल फिल्टर

दरौंदी ः गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ८ को राम्चे प्राविमा डिजिटल प्रविधिको फिल्टर जडान गरिएको छ ।
वडा कार्यालयको समन्वयमा गोर्खा लर्निङ्ग फर लाइफ नामक संस्थाले उपलब्ध गराएको फिल्टर जडान गरिएको हो ।
विद्यार्थीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सस्थांले विद्यालयलाई डिजिटल फिल्टर उपलब्ध गराएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए । शुद्ध खानेपानीको अभावमा अब विद्यार्थीमा स्वास्थ्य समस्या नदेखिने उनको भनाई छ । यसअघि विद्यार्थीहरुले धाराको पानी प्रयोग गर्दै आएका थिए । अब सफा र शुद्ध पिउने पानी उपलब्ध हुनेछ ।
फिल्टर हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष अम्गाई, विद्यालयका प्रधानाध्यापक ओम प्रकाश श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्