कुन रोगमा कुन खाना ?
हामी उपचारका लागि अस्पताल वा क्लिनिक जान्छौँ तर आफ्नो रोगलाई कसरी खानाबाट रोकथाम अथवा घटाउन सकिन्छ भन्नेमा ध्यान दिँदैनौँ । विचार पु¥याएर खाँदा रोग लाग्दैन । मधुमेहीले खानामा चामल, मकै, गहुँ, फापर, कोदो, चाउमिन, दाल, हरियो सागसब्जी, पातलो दूध, पातलो मासुको भाग, माछा, अन्डा र फलफूलमा अम्बा, अमला, पिपर खान मिल्छ । उनीहरूले बार्नुपर्ने खानामा जाम डोली, केन्डी, रक्सी (वाइन र बियर), कोला, प्याकेट जुस, आइसक्रिम, केक, बदाम, काजु, वनस्पति घ्यु, मोटो मासु र कलेजो, समुद्री माछा ड्यनोट, पेसर्टिस (प्यार्टिस) र गुलिया बिस्कुट पर्छन् । मुटुसम्बन्धी रोग भएकाले चामल, गहुँ, फापर, मकै, कोदो, दाल, गेडागुडी पाउरोटी, दूध, आलु, मुला, अन्डाको सेतो भाग खानुपर्छ । उनीहरूले हरियो सब्जी र फलफूल सलाद, अमिलो, लसुनप्याज र नरिवलको पानी खान मिल्छ । उनीहरूले दूध, मिठाइ, खिर, आइसक्रिम, घ्यु, रातो मासु (खसी, राँगो, बंगुर), अन्डाको पहेँलो भाग, बदाम, काजु, केक, बिस्कुट खानुहुँदैन । मिर्गौलारोगीले रातो मासु, दाल र गेडागुडी, अन्डाको पहेँलो भाग, गुन्द्रुक, तामा, सिन्की खानुहुँदैन र फलफूलमा अम्बा, स्याउ, बयर, नासपाती, मेवा खानुपर्छ । पेटसम्बन्धी रोगीले ताजा फलफूल, भुटेको खाना, मासु, बदाम, प्याज र लसुन, मुगीको दाल खानुहुँदैन । उनीहरूले विशेषगरी अन्डा (फ्राई गरेको बाहेक) उसिनेको चिकेन र फलफूलमा केरा, पिपर, नासपाती, स्याउ, हलुवाबेत र कहिलेकाहीँ थोरै मात्रामा अमिलो खाँदा राम्रो हुन्छ । तरकारीमा लौका, फर्सी, स्कुस बेस हुन्छ । लिभरसम्बन्धी रोग लागेकाले (विशेष जन्डिस) हेपाटाइटिस, हाई प्रोटिन, थोरै फ्याट र धेरै कार्बाेहाइडूेट सेवन गर्नुपर्छ । सिरोसिस र हेपाटाइटिस कोमा भएकाले थोरै प्रोटिन, थोरै फ्याट र धेरै कार्बाेहाइडूेट खानुपर्छ । दाल, रातो मासु र बाक्लो दूध नखानु नै उत्तम उपाय हो । ज्वरो, संक्रमण र टाइफाइड भएका व्यक्तिले धेरै कार्बाेहाइडूेट र प्रोटिन र ठिक मात्रामा फ्याट खानुपर्छ । झोलिलो पदार्थ बनाएर खाए यसले पाचनक्रियामा सजिलो र सहयोग पुर्याउँछ । ब्लडप्रेसर अथवा हाइपरटेन्स भएका व्यक्तिले नुन, चिल्लो कम, रक्सीलाई कन्टूोल गर्नुपर्छ । उनीहरूले हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ ।




