
योगी समुदायभित्र आन्तरिक लोकतन्त्रको खाँचो
योगी समुदाय गोरखनाथका पुजारी भनेर चिनिन्छ । नाथ सम्प्रदाय नेपालमा मात्र नभै भारतलगायत विदेशमा समेत प्रतिष्ठित छन् । उनीहरुको मौलिक रीतिथिति, मौलिक भेषभुषा छ । धर्मकर्ममा अति निष्ठावान योगी समुदाय हिन्दू धर्मावलम्बीहरुका माझ प्रिय छन् । कतिपय कार्यमा योगी समुदाय नभै नहुने समुदायभित्र पर्छन् ।
त्यसैले कानचिरेका योगीहरुलाई गुरु, बाबा, महाराज जस्ता उच्चकोटीको सम्बोधन गर्ने प्रचलन छ ।
उनीहरुको भूमिकालाई उच्च मूल्यांकन गर्दै तत्कालीन राजामहाराजाहरुले योगी समुदायलाई गुठीको व्यवस्था पनि गरेको थियो । त्यो कतिपयले बेचबिखन गरे वा कसैले यथावत राखिरहेका छन् ।
तर योगी समुदायभित्र आफ्नो पहिचान जोगाउनै कठिन छ । कतिपयले आफूलाई कँबर, कतिपयले कुँबर क्षेत्री बनाउने प्रयत्न गरिरहेको पाइन्छ । यो भनेको आफूले आफूलाई नजरअन्दाज गरेको हो, अपमानित गरेको हो ।
अर्को सन्दर्भ, योगी समुदायलाई जगेर्ना गर्ने, उनीहरुको रीति, तिथि, धर्म, संस्कार, संस्कृति बचाउने भनेको उनीहरुकै अगुवाहरुले हो । तर कतिपय उनीहरुका अगुवाहरुले आफ्नै समुदायमाथि अन्याय गरिरहेको पाइन्छ । कान छेड्न आनाकानी गर्ने, कसैले कान छेडेर आफ्नो पेशा, व्यवसाय गर्न खोजे भने बोली, बचन र व्यवहारद्वारा निरुत्साहित गर्ने
प्रयास भएको पाइन्छ । साथै गोरखनाथको पूजामा सामेल गर्न पनि धेरै असजिलो वातावरण बनाउने गरेको पाइन्छ ।
आफ्नो रीतिथिति, संस्कार, संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्नुपर्छ ।




