
मुटुरोग सम्बन्धी केही उपयोगी सल्लाह
मानवका लागि आनन्दपूर्वक जिउन वुद्धिविवेक, सम्पत्ति र स्वास्थ्य नभइनहुने भए पनि स्वास्थ्य पहिलो प्राथमिकतामा रहनुपर्छ । सानातिना रोगव्याधि तथा समस्यासँग जुध्न सक्ने स्वास्थ्यस्थिति बनाउनुपर्छ । अर्थात्, मान्छेको रोगप्रतिरोधात्मक क्षमता दह्रो हुनुपर्छ ।धूमपान स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । तसर्थ धूमपान गर्नेले बिस्तारै(बिस्तारै घटाएर भए पनि यो छोड्नुपर्छ । दिनमा कम्तीमा ४ सय ग्रामका दरले हरियो तरकारी र फलफूलमा भएको फाइबर सेवन गर्ने मान्छेमा मुटुरोग लाग्ने सम्भावना ४० प्रतिशत कम हुन्छ । शुद्ध घ्यु, तेल खानु मुटुका लागि त्यति हानिकारक हुन्न । तर, पटक(पटक पकाएको घ्यु, तेल खानुहुन्न । भात, रोटीमा रहने कार्बाेहाइडेूट मुटुका लागि शुद्ध घ्यु, तेलभन्दा बढि हानिकारक हुन्छ ।
मैदा, आलु, चामल तथा चिनीको प्रयोग घटाउने र सागसब्जी, फलफूल तथा गेडागुडीको मात्रा बढाएर भोजन गर्नुपर्छ । भात,
रोटी सानो रिकापीमा र सागसब्जी ठूलो थाल भरी खानुपर्छ । जंक फुड पटक्कै खानुहुन्न । डार्क चक्लेट मुटुका लागि फाइदाजनक हुन्छ ।
शुद्ध कफी दुई÷तीन कप मुटुका लागि राम्रो हुन्छ । तर, मुटुको धड्कन बढी भएकाका लागि कफी राम्रो हुन्न । मांसाहारीका लागि खसी, कुखुराको मासुभन्दा हप्तामा दुईपटक माछा खानु धेरै राम्रो हुन्छ । शुद्ध आलसको तेल फाइदाजनक हुन्छ । दिनको एक चम्चा आलस चबाउनु मुटुका लागि धेरै फाइदाजनक हुन्छ । शारीरिक व्यायाम दैनिक आधा घण्टा गरे पुग्छ । आवश्यकताभन्दा ज्यादा गरिने शारीरिक व्यायाम मुटुका लागि पनि हानिकारक हुन सक्छ ।
साभारः हेल्थपोष्टनेपाल डटकम ।




