| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालमा बन्यो शव चिस्यानकेन्द्र

दरौंदी ः गोरखा अस्पतालको शवगृहमा शव चिस्यान केन्द्र स्थापना गरिएको छ । लामो समय सम्म शवलाइ सड्न नदिनका लागि श्रीपाली बस्न्यात समाजको सहयोगमा शव चिस्यान केन्द्र स्थापना गरिएको हो । हालै निर्माण सम्पन्न चिस्यानकेन्द्र सोमबार एक समारोहका बीच जिल्ला अस्पताल लाई हस्तान्तरण गरिएको छ । गोरखा नगरपालीकाका मेयर राजन पन्तले चिस्यानकेन्द्र अस्पताल प्रशासनलाई हस्तान्तरण गरे । करीव साढे ९ लाख रुपैया खर्च गरेर केन्द्र स्थापना गरिएको समाजका अध्यक्ष विनोदकुमार वस्न्यातले जानकारी दिए । केन्द्रको भवन भने गोरखा अस्पतालकै लगानीमा बनेको हो । चिस्यान केन्द्रमा बस्न्यात समाजले ६ वटा ठूला आकारका फ्रिज जडान गरेको छ । तत्काल दाहसंस्कार गर्न नसकिएका शवहरु त्यसमै सुरक्षित राख्न सकिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिए । बेवारिसे शव पनि अब चिस्यान केन्द्रमा राख्न सकिनेछ । यसअघि वेवारिसे लाश हरु सामान्य शव गृहमा राख्दा अस्पताल वरपर दुर्गन्ध फैलने गरेको थियो । चिस्यान केन्द्रमा एक पटकमा ६ वटा शव राख्न सकिन्छ

प्रतिक्रिया दिनुहोस्