| सोमवार, कार्तिक २३, २०८३

सवारी भाडा समायोजन गर्न पुनर्विचार गर्ने कि

जिल्ला प्रशासन कार्यालयले सार्बजानिक सवारी साधनको भाडा पुनरावलोकन तथा समायोजन गर्ने तयारी गरेको छ । मंगलबार बसेको बैठकले सार्वजनिक सवारी साधनको नयाँ भाडादर सिफारिस गर्न कार्यदल समेत गठन गरेको छ । सोही सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला यातायात ब्यवस्थापन समितिले भाडादर निर्धारण गर्नेछ ।
२०६९ सालमा सर्बपक्षीय बैठक बसी नयाँ भाडादर कायम गरिएको थियो । त्यसयता भाडा समायोजन गरिएको छैन ।
त्यतिबेलाका कतिपय कच्ची बाटो अहिले ग्राभेल भइसके । त्यतिबेलाका कतिपय कच्ची सडक अहिले कालोपत्रे समेत भइसकेका छन् । त्यसैले कच्ची बाटोका लागि त्यतिबेला निर्धारण गरिएको भाडादर अहिले घट्नुपर्छ ।
तर यातायात ब्यबसायी भने त्यसयता यातायात मजदुरको पारिश्रमिक बढेको, इन्धनको भाउ बढेकाले भाडादर बढ्नु पर्छ भनेर तर्क गर्दैछन् ।यी दुवै तर्क आ–आफ्ना ठाउँमा सही छन् । त्यसैले अहिले भाडा समायोजन गर्नु मनासिब छैन ।
सिफारिस समितिले इन्धनको मूल्यलाई ३५ प्रतिशत र अन्य सूचकलाई ३५ प्रतिशत आधार मानेर भाडादर निर्धारणका लागि सिफारिस गर्ने योजना बनाएको छ । साथै सडकको अवस्था, यात्रुहरुको चाप, यातायात मजदूरको पारिश्रमिक एवम् भत्ता, सवारी साधनको मर्मतमा लाग्ने सम्भाब्य खर्च लगायतलाई पनि भाडादर निर्धारणको आधार बनाउनेछ । सिफारिस समितिले आउदो नौ गतेभित्र नयाँ भाडादर सिफारिस गर्ने तयारी गरेको छ । सिफारिस गर्नुअघि नयाँ भाडादर समायोजना गर्नु जरुरी छ कि छैन ? पुनर्बिचार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्