| बुधबार, अशोज ६, २०८३

पिच सडकमा पानी लगाउने लाई कारबाही गर्ने कसले ?

कुनै प्रसंगमा एक इञ्जिनियरले भनेका थिए, कालोपत्रे सडकको तीन वटा शत्रु छन् ः १, पानी, २, पानी र ३. पानी ।
अहिले गोरखा बजारभित्र र विशेषगरी चाइनिजधारा, खोलखोले खण्डको सडकमा निरन्तर पानी बगिररहेको पाइन्छ । बर्षात भएका बेला सडकमा भेल बग्नु हुदैन । सडकमा बग्ने पानी नालामा झर्नुपर्छ तर यहाँ त बर्षा नहुँदा पनि सडकमा खोलो बग्छ । सडकको पानी नालामा बग्नु पर्नेमा नालाको पानी सडक भएर बग्छ । यो बिडम्बना हो । चाइनिजधारा खोलखोले क्षेत्रमा एक ठाउँमा (जहाँ घडेरी खारिएको हो वा ढुंगा खानी चलाइएको हो) त्यहाँबाट निस्केको मुलको पानी नालामा नझरी सडकसडकै खोलो बनेर बग्ने गर्छ । यसले सडकको कालोपत्रे भत्काउने निश्चित छ । हेल्मेट र पहेलो जाकेट लगाएर सडकको छेउछाउ बस्नेहरुले पनि यो पानीलाई कटाएर नालामा हालेको देखिदैन । उनीहरु बिहान ड्युटीमा आउँछन्, कहिलेकहीं सडक छेउछाउको झार उखेलेको जस्तो गर्छन र दिनभरि रुखमुनि सियाँलमा बसेर घर फर्किन्छन् । उनीहरुले सडकमा झरेको पहिरो फाल्ने काम पनि गरेको देखिदैन, पुरिएको नाली खोलेको पनि देखिदैन ।
सडकमा भएको यो अतिक्रमण बारे बोल्ने निकाय मौन छ । अनुगमन गर्ने दमौली स्थित कार्यालयको प्रत्यक्ष निगरानी छैन । जिल्लामा अनुगमन गर्ने निकाय छैन । पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरको पनि कमी छैन । एकदुई दिन रेखदेख गरे पनि दिनहूँ यसमा पनि नियमन भएको पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्