
पानीमाथि खेलवाड हुँदा मौन गोरखाबासी
स्रोतको अभावमा पानी नहुँदाको दुःख गोरखा सदरमुकामदेखि दुरदराजका सर्वसाधारणले बिगतदेखि धेरै झेल्दै आए । अहिले ‘एक घर एक धारा’ को अभियान चलिरहँदा गोरखाबजारबासीले टंकीमा भएको पानी धारामा पाएका छैनन् ।
गोरखा बजारको समस्या स्रोतको होईन यहाँ पानी बेच्दै आएका उपभोक्ता संस्थाबिचको टसलले गोरखाबासीले पानी पाएका छैनन् । पानीलाई सेवा भन्दापनि नाफामुखी ब्यापार झै बेच्दै आएका उपभोक्ता संघ संस्थाले पानीबितरणमा मनोमानी गर्दै आएका छन् ।
बृहत दरौँदी लिफ्टीङ खानेपानी आयोजना बनेपछि गोरखा बजारमा पानी अभाव हुँदैन भन्ने नारा राजनीतिक, रामाजिक, खानेपानी क्षेत्रका अगुवाहरु सबैले लगाए । तर अहिले दरौँदी निर्माण सकिएको झण्डै वर्ष दिन भयो । दरौँदी लिफ्टीङले पानीको मूल्य निर्धारण गरेको छैन भने अन्य उपभोक्त संस्थाले खरिद गरेका छैनन । दरौँदी लिफ्टीङ र ग्राहकको घरघरमा पानी पु¥याउँदै आएका संस्थाबिचको बिवादले सर्वसाधारणले पानी पिउन नपाउनु कत्तिको जायज हो ?
अहिले बितरण भईरहेको पानी शुद्ध छैन । धमिलो छ । धारामा कहिलेकाँही हिलो लेदो आउँछ । त्योपनि एक साता सम्म पानी आउँदैन तर पनि उपभोक्ताले चित्त बुझाएका छन् । नियमित पानी दिने हो भने उपभोक्ताले शुल्क नतिर्ने कुरै छैन । तर शुल्क बैज्ञानीक रुपमा निर्धारण हुनुपर्छ । अन्यत्रको भन्दा गोरखाको पानी महशुस महँगो भएको चर्चा भईरहँदा दरौँदी लिफ्टीङले सहुलियतमा पानी खुवाउनुपर्छ ।
टंकी भएको पानी जनताको घरघरमा पु¥याउन गोरखा नगरपालिका तात्नुपर्छ । उपभोक्ता संस्था र दरौँदी लिफ्टीङलाई एकै ठाउँमा राखेर दिगो समस्या समाधानमा ध्यान दिनु जरुरी छ । ति संस्थाको आफु अनुुकुलको ब्याख्या र रणनीतिमा चनाखो हुँदै नगरपालिकाले नगरबासीलाई सहुलियतमा सुद्ध पानी खुवाउने योजना बनाउनु आवस्यक छ ।
अन्यथा ४१ करोड खर्च गरेर टंकीमा मात्र पानी ल्याउने दरौँदी लिफ्टीङ गोरखाबासीलाई के काम ? अनि पानीमा उपभोक्ता संस्थाहरुले मनोमानी गरिरहँदा चुप लागेर बस्ने गोरखाबासी उपभोक्ताहरु बोल्ने कहिले !




