| सोमवार, कार्तिक २३, २०८३

मुटु बचाउने अभियानमा रोटरी क्लव अफ गोरखा

रोटरी क्लव अफ गोरखाले बिगतमा जस्तै यसबर्ष पनि मुटु बचाउने अभियान अन्तर्गत मुटुरोग शिविर सम्पन्न गरेको छ । गोरखा अस्पतालमा शनिबार सम्पन्न शिविरमा झण्डै १३ हजार जनाको मुटुको परीक्षण गरिएको छ ।

रोटरी क्लव अफ गोरखाको आयोजना, सेभ द हर्ट, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा टूान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरको दुवैदिन गरी करिब १३ हजार भन्दाबढिको मुटुको परीक्षण गरिएको हो ।

रोटरी क्लवले यसअघि पनि धेरै पटक गोरखा अस्पतालमा मुटु रोग पहिचान गर्ने, समस्या भएको फेला परेमा काठमाडौँ बोलाएर उपचार सेवा दिने गरेको थियो । त्यही निरन्तरताको क्रममा यसपटक शुक्रबार र शनिबार दुई दिने मुटुरोग उपचार शिविर गरिएको हो ।

अहिलेको समयमा प्रदुषित वातावरण, कुलत, कम व्यायम र असुरक्षित खानपानका कारण मुटुरोगीहरु दिनदुईगुना, रात चौगुनाका दरले बढ्दैछन् । त्यसैले मुटु रोगको पहिचान गर्नुपर्ने जरुरी छ । साथै मुटुसम्बन्धी परीक्षण गर्न काठमाडौँ जानुपर्ने अबस्था भएकालाई धेरै समस्या हुने गरेकामा क्लवले गोरखामा नै नियमित रुपमा मुटुरोग शिविर आयोजना गर्दा धेरैका लागि धेरैठूलो सेवा मिलेको छ ।

क्लवले यसअघि पनि पोलियो उन्मुलन अभियानमा सरकारलाई होस्टेमा हैँसे गर्ने गरेको थियो । अहिले मुटुरोगको क्षेत्रमा पनि उल्लेखनीय काम गरिरहेको छ । क्लव आफै ठूलो होइन, तर उसको अगुवाइ ठूलो कुरा हो । सहयोग त स्थानीय पालिकाहरु, अन्य संघसंस्थाहरु पनि हैँसे गर्न आइपुगेका छन् ।

क्लव तथा सहयोगी मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा टूान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालले यहाँ भेटिएका मुटुका रोगीहरुको निशुल्क उपचार गर्ने जनाएको छ । त्यस्तै उनीहरुलाई तीन पटकसम्म फलोअप गर्नुपरेका खण्डमा पनि सहयोग गर्ने जनाएकोछ । गोरखाबासीका लागि यो धेरै ठूलो अवसर हो ।

प्रतिक्रिया दिनुहोस्