| सोमवार, कार्तिक २३, २०८३

मनास्लुमा आरोहीको सन्तोषजनक दृश्य

गतबर्षमा जस्तै यस बर्षमा पनि मनास्लु आरोहण गर्ने आरोहीको संख्या दोब्बर, तेब्बर मात्र होइन, सयौं गुना धेरै छन् । यसबर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या जम्मा ५ छ भने मनास्लु आरोहण गर्न अनुमति लिनेको संख्या ३३७ छ । जसमा दुईसय ५५ जना पुरुष छन् भने ८२ जना महिला छन् ।

त्यस्तै धौलागिरी आरोहणका लागि अनुमति लिनेको संख्या जम्मा ५ छ, सरिबुङ आरोहणका लागि एकजनाले मात्र अनुमति लिएका छन् । हिमलुङ आरोहणका लागि अनुमति लिनेको संख्या जम्मा ७ छ, भने कुम्भकर्ण आरोहणका लागि अनुमति लिनेको संख्या जम्मा ४ र नुप्से आरोहणका लागि जम्मा ५ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागको गतहप्ताको बुधबारसम्मको अभिलेख अनुसार यस शरद ऋतुमा हिमाल आरोहण गर्न अनुमति लिएका जम्मा ३६ ग्रुपमध्य २९ ग्रुप मनास्लुका लागि मात्र छन् । जम्मा ३६४ जनाले हिमाल आरोहण गर्न अनुमति लिएकामा ३३७ जना त मनास्लु आरोहण गर्न अनुमति लिनेकै छ । जम्मा २७ जनाले अरु हिमाल आरोहणको अनुमति लिएका छन् । हिमाल आरोहणबापत संकलन भएको चार करोड ३३ लाख १२ हजार रुपैयाँमध्य तीनकरोड ८६ लाख १५ हजार त मनास्लु आरोहणको अनुमति बापत संकलन भएको छ ।

नेपालका विभिन्न हिमाल आरोहणका लागि थोरैले अनुमति लिएछन् भन्ने दुखको बिषय एकातिर छ, तैपनि गोरखाको मनास्लु हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या सन्तोषजक नै छ । यदि यही अनुपातमा अरु हिमाल आरोहणका लागि अनुमति लिएका भए नेपालको पर्यटन व्यवसाय सुखद हुने थियो ।

जानकारहरुका अनुसार गोरखाको मनास्लु हिमालको प्रचारप्रसार राम्रो भयो । बर्षैपिच्छे बहराइनका राजकुमार, कतारकी राजकुमारीले मनास्लु आरोहण गर्नु सुखद बन्यो । मनास्लु हिमाल अन्य हिमाल जस्तो भीडभाड बनेन । शान्त, स्निग्ध नै रह्यो । मनास्लु क्षेत्रका बासिन्दाले टेूकिङ, एक्सपिडिशन, टूाभल एण्ड टुर्स कम्पनीहरुसित राम्रो लबिङ गरेका कारणले पनि आरोहीहरुको सन्तोषजक संख्या आयो । यस्ता विविध गतिविधि सबैले गर्न सकेका भए अन्यत्र पनि सुखद दृश्य देख्न सकिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्