| सोमवार, कार्तिक २३, २०८३

प्रतिफल बिना किन खन्याउनु नहरमा पैसा !

२० वर्षअघि सुरु भएको १७ किलोमिटर कुन्दुरटार सिंचाई आयोजना अहिले सम्म पुरा भएको छ । सात किलोमिटर सम्म पनि नहरको एक तिहाई मात्रै पानी बग्थ्यो । करोडौँ खर्च भएको नरहमा पैसा मात्रै बगेको छ, अहिले पानी बगेको छैन ।

दरौँदी नदीबाट पानी ल्याएर पाँच सय हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले कुन्दुरटार सिंचाई आयोजना सुरु भएको थियो । गोरखा नगरपालिका वडा नं. ३,५, १०, ११ र १२ मा पर्ने खेतियोग्य जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनाको काम २०६२ मा रोकियो ।

२०७६ सालदेखि गोरखामा आयोजना कार्यालय स्थापना गरेर काम सुरु भयो । निर्माण ब्यवशायीले काममा ढिलासुस्ती गर्दा तीन वर्षमा पनि थालेको काम पुरा भएको छैन । कबुल गरेको समयभित्र सम्झौता अनुसारको काम नगर्नेलाई कारवाही गर्ने आँट नगर्दा सम्म कुन्दुरटार जस्ता ‘क्रोनिक’ अवस्थामा दर्जनौँ आयोजना पुगेका छन् ।

ब्यवशायीको बाहनालाई आधार बनाएर पटक–पटक म्याद थप गर्ने परिपाटी गलत छ ।
कार्यालयले टेण्डरबाट बचेको पैसा उपभोक्ता समितिबाट काम गराउने गर्दा समितिका ब्यक्तिहरुबिच नै आर्थिक विषयमा मनमुटाव देखिन्छ । समितिले उपभोक्तालाई एकैठाउँमा, एकै मत राख्ने बतावरण सिर्जना गर्न सकेको छैन । गत बैशाखमा ६० लाख भन्दाबढिको काम जिम्मा लिएको उपभोक्ता समितिले २० लाखको पनि काम गरेको छैन ।

समिति पनि काम नगर्ने, निर्माण ब्यवशायीपनि ठेक्का लिएर अलपत्र छाड्ने भएपछि यो आयोजनाले कसरी पूर्णता पाउला ? आयोजना सर्वे भएको ठाउँमा अहिले घरहरु, बिभिन्न संरचना, सडक बनेका छन् । त्यो भत्काएर नहर कुन्दुरटार सम्म पु¥याउन सहज छैन । त्यसैले नहर साँच्चै बनाउने हो भने यसको गती तिब्र बनाउनुपर्छ ।

काम नगर्नेलाई ब्यवशायी होस् या उपभोक्ता समिति दुबैलाई कारवाही गर्नुपर्छ । प्राविधिक दृष्टिकोणले आयोजना निर्माण गर्न समस्या छ भने सँधै पैसा खन्याउने होईन तत्काल बन्द गरेर सिंचाइको बिकल्प खोज्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्