| सोमवार, कार्तिक २३, २०८३

कलाकारितालाई सलाम

गोरखा धेरै दृष्टिकोणले महत्वपूaर्ण जिल्ला हो । सबैभन्दा महत्वपूर्ण पक्ष यहाँको इतिहास हो । यहाँबाट आधुनिक नेपाल निर्माणको थालनी भएको बिषयलाई ३० बर्ष उमेर नपुग्दासम्म गाली गर्नेहरुले पनि ३० बर्ष कटेपछि बिस्तारै स्वीकार गर्नेगर्छन् ।

त्यस्तै इस्ट इण्डिया कम्पनीमा आवद्ध भएर तत्कालीन गोरखाली युवाहरुले देखाएको वीरताका कारण पनि गोरखा विश्वभर प्रसिद्ध छ ।
दोस्रो महत्वपूर्ण पक्ष गोरखाको धार्मिक र सांस्कृतिक पक्ष हो । यहाँको गोरखकाली, गोरखनाथ, मनकामना लगायतका धार्मिकस्थल देश र विदेशसम्म प्रसिद्ध छ । यो ठाउँ लोक संस्कृतिका कारण पनि चर्चित छ ।

अर्को महत्वपूर्ण पक्ष यहाँको प्राकृतिक तथा भौगोलिक पक्ष हो । यहाँको आठहजार मिटरभन्दा अग्लो हिमाल, अन्य हिमश्रृङ्खला, तालतलैया, नदी, झरना आदिका कारण गोरखा प्रसिद्ध छ ।

यी सबै बिषयबस्तु समेटेर अहिले पुरानोबसपार्क भन्दा केही माथिको सडक छेउको भित्तामा पेण्टिङ गरिएको छ ।
सो पेण्टिङमा उपरोक्त बिषय झल्किने गरी सांकेतिक रुपमा अंकित गरिएको छ ।

बसपार्क देखि विपि चोक सम्म निर्माण गरिएको पर्खालमा मध्य भाग सम्म विभिन्न आकृति बनाइएका छन् । आर्टमा मनास्लु हिमालदेखि अन्य हिमश्रृङ्खला, पुरानो ऐतिहासिक गोरखा बजारm, पहाडी गाउँबस्तीको झल्को दिने दृश्य पनि त्यहाँ कोरिएको छ
न्यायका प्रतिमूर्ति राजा राम शाहाले चौतारोमा बसेर न्याय दिँदै गरेको झल्को आउने तस्विर पनि त्यहाँ छ ।

पहिलो र दोस्रो विश्ययुद्धमा भिक्टोरिया क्रस प्राप्त गोरखाकालीहरुको बिरता देखाइएको छ । बिसं. १९५७ सालतिरको(प्राचीन) गोरखाबजार फोटो चित्रमा देखाइएको छ ।

गोरखा नगरपालिकाले विनियोजन गरेको साँढे दुई लाखले पर्खालमा गोरखाको झल्को दिने ‘आर्टु निर्माण गरिएको हो । फोहोर भित्ता हेर्नुका सट्टा गोरखालाई चिनाउन र गोरखा बजारको सौन्दर्यता बढाउनका लागि गोरखा झल्काउने उद्देश्यले सो चित्र बनाइएको हो ।

सबैको मन लोभ्याउने गरी त्यहाँ पेण्टिङ गर्ने कलाकारलाई सलाम ।

प्रतिक्रिया दिनुहोस्