
उम्मेद्वार दोहोरिँदाको चुनौति
भर्खरै सकिएको स्थानीय निर्वाचन २०७४ मा विजयी भएका ९४ जना वडाअध्यक्षमध्य २३ जना अघिल्लो कार्यकालका अध्यक्ष दोहोरिए । दोस्रो कार्यकालका लागि ३७ जनाले उम्मेद्वारी दिएका थिए । गोरखा नगरपालिकामा ९ जना वडाध्यक्षले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका थिए । तीमध्ये ६ जना मात्रै बिजयी बने ।
पालुङटार नगरपालिकामा चारजना वडाध्यक्ष दोस्रो कार्यकाल प्रतिस्पर्धामा थिए, तीमध्य चारै जनाले चुनाव जिते ।
सिरानचोक गाउँपालिकामा २ जना दोहोरिएका थिए । वडा नम्बर ५ मा सन्तोष गुरुङ र ६ मा नारायण दानी दुबै पराजित भए । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ मा मात्र दोस्रो पटक उम्मेद्वारी दिएका थिए । उनी विजयी बने ।
धार्चे गाउँपालिकामा तीन जना वडाध्यक्ष प्रतिस्पर्धामा दोस्रो कार्यकालका पनि थिए । तर एक जना मात्रै निर्वाचित भए । आरुघाट गाउँपालिका चार जनाले दोस्रो कार्यकाल पनि उम्मेदवारी दर्ता गराएका थिए । ति मध्ये एक जना मात्रै बिजयी बने ।
वडा नम्बर ३ मा शिरबल बराम, वडा नम्बर ५ मा नारायण ध्वज खड्का, वडा नम्बर ७ मा रणबहादुर बराम पराजित भ एभने वडा नम्बर ८ मा मुरारी खनाल निर्वाचित भए । भीमसेन थापा गाउँपालिका दुई जना दोस्रो कार्यकालका लागि उम्मेदवार बनेकोमा दुवै बिजयी बने ।
शहीदलखन गाउँपालिकामा पाँच जना वडाध्यक्षले यस पटक पनि पुनः उम्मेदवारी दिएका थिए । तीमध्ये दुई जना पराजित र तीन जना बिजयी बने । बारपाक सुलिकोट गाउँपालिकामा तीन जनाले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएकामा सबै निर्वाचित भएका छन् । अजिरकोट गाउँपालिका वडा नम्बर ४ मा मात्रै अध्यक्ष दोहोरिएका छन् । गण्डकी गाउँपालिकामा दुई जनाले दोस्रो कार्यकाल वडा अध्यक्षमा उम्मेद्वारी दिएका मध्ये एक जना बिजयी भए ।
९४ जनामध्य ३७ जनाले मात्र किन दोहोरिएर उम्मेद्वारी दिए, दिएकामध्य किन २३ जनाले मात्र जिते ? हुन त जीतहारमा गठबन्धनको भूमिका धेरै छ, त्यस्तै पहिलो कार्यकाल कत्तिको फलदायी बन्यो, सेवाग्राहीहरु कति सन्तुष्ट बने भन्ने यसले दर्शाउँछ ।




