| सोमवार, कार्तिक २३, २०८३

पानी बितरणमा बेवास्था !

दरौँदी लिफ्टीङ खानेपानी आयोजना निर्माण पुरा भएर पानी बितरण सुरु भएको तीन महिना भयो । यो आयोजना बनेपछि गोरखामा पानी हाहाकार हुँदैन भन्ने सोच सदरमुकामबासीको थियो ।

तर आयोजनाले पानी बितरण सुरु गरेको तीन महिना बितिसक्दा अहिले पनि गोरखा बजारमा पानीको हाहाकार उस्तै छ । कहिलेकाँही सहज भएपछि निरन्तर पानी बितरण गर्न दरौँदी लिफ्टीङ खानेपानी आयोजना र त्यस अन्र्तगतका उपभोक्ता संस्थाले सकेका छैनन् ।

गोरखा बजार क्षेत्रका धेरै उपभोक्तालाई पानी बितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले विद्युत अनियमित हुनु, मोटरमा समस्या आएका कारण पानी बितरण गर्न नसकेको जनाएको छ ।

शाना सहरीलाई पानी दिने दरौँदी लिफ्टीङमा पनि एक सातादेखि पानी छैन । दरौँदी लिफ्टीङ खानेपानी आयोजनामा लगिएको विद्युत पोल र तारमा हावाहुरीले क्षती पुगेपछि लाईन अवरुद्ध भएको भन्दै एक साता सम्म पानी बितरण नगर्नुले उपभोक्ता प्रति संवेदनशिल हुन नसकेको झल्किन्छ ।

अहिले शाना सहरी, पोखराथोक, थाकलडाँडा लगायत छ वटा खानेपानी उपभोक्ता समितिलाई दरौँदी लिफ्टीङले पानी उपलब्ध गराउँदै आएको छ । यी संस्थाले आफ्नो स्रोतबाट पानी जुटाएर उपभोक्तालाई नियमित पानी दिनुपथ्र्यो । आफ्नो स्रोतबाट उपभोक्तालाई नियमित पानी दिन नसक्ने उपभोक्ता संस्थाहरु दरौँदी लिफ्टिङ सँग पानी किनेर दिन हत्तपत्त तयार हुँदैनन् । पानी बितरणमा नाफा घाटा हेरिएको देखिन्छ । यसलाई अत्यावश्यक सेवाको रुपमा उपभोक्ता संस्थाले लिनुपर्छ ।

विद्युत अनियमित भएपछि लामो समय सम्म पानी बितरण रोकिएको छ । विद्युत अनियमित हुँदाको बिकल्प खोज्नुपर्छ । लिफ्टीङ खानेपानी आयोजना र उपभोक्ता संस्थाहरु मिलेर लाईन ब्यवस्थापन, बैकल्पीक उर्जाको जोहो गर्नुपर्छ ।

पानी अनियमित भएपछि विद्युतलाई, मौसमलाई समस्या देखाएर उपभोक्तालाई पानी बितरण नगर्ने परिपाटी गोरखाका बिगतदेखि नै छ । यसलाई तत्काल संम्बन्धी पानी बितरण गर्ने संस्थाहरुले संच्याएर पानी नियमित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्