| सोमवार, कार्तिक २३, २०८३

टाइफाइड उन्मुलनका लागि सबै उमेरसमूहमा खोपको खाँचो

अहिले धमाधम कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न थालिएको छ । खोपका कारण विश्वभर कोभिड खुम्चिएको महशुस भएको छ । त्यसैले कोभिडका कारण स्थगित गरिएका सेवाहरु अहिले प्राय खुल्ला गरिएको छ ।
लगातार दुईबर्ष कोभिडले थलिएकाहरु अहिले कोभिड बिर्सेर आ–आफ्नो लगमा लागिसकेका छन्

। यदाकदा कोभिड देखिए पनि खोपका कारण यसले सिकिस्त पार्न नसकेको अबस्था छ ।
खोपका कारण सकारात्मक प्रभाव परेको अनुभूति सबैमा छ यद्यपि विभिन्न कुतर्क गरेर कोभिडविरुद्धको खोपको पनि सुरुसुरुमा विरोध भएको थियो ।

अहिले सरकारले बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान चलाएको छ । पन्द्र महिनादेखि पन्द्रबर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । खोपको पहिरो चरणको अभियान शुक्रबारदेखि देशैभर सुरु भएको छ । विशेषगरी विद्यालयहरुमा यो खोप लगाइएको छ । विद्यालय बाहिर रहेकाहरुलाई पनि विद्यालयलाई केन्द्र बनाएर खोप लगाइएको छ । बालबालिकाको नियमित खोप कार्यक्रममा टाइफाइडको खोप पनि लगाइने भएको छ । यसले आउँदो पुस्ता टाइफाइडको समस्याबाट मुक्त हुने भएका छन् ।

टाइफाइडको समस्या बालबालिकालाई मात्र नभै प्रौढलाई पनि छ । टाइफाइडकै कारण कैयौँको मृत्यू र कैयौँ अपांग भएको अबस्था विद्यमान छ । त्यसैले सबै उमेर समूहमा टाइफाइडको समस्या निदान गर्न अन्य उमेर समूहकालाई पनि खोपको खाँचो छ ।
तत्काल सबै काम गर्न सम्भव नहोला, तर बिस्तारमा यसतर्फ पनि सरकारले ध्यान पु¥याउनु खाँचो छ ।

खोपका कारण यसअघि पोलियो, बिफर, हात्तीपाइले, दादुरा लगायतका रोगहरु कैयौँ उन्मुलन भएका छन्, कैयौँ उन्मुलन हुने अबस्थामा पुगेका छन् । टाइफाइडलाई पनि उन्मुलन गर्न सबै उमेर समुहमा यस सम्बन्धी खोपको व्यवस्था गर्नु खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्