
उत्कृष्ठ प्रशासकीय भवनभित्र उत्कृष्ठ कार्यसम्पादन पनि होओस
बारपाक सुलीकोट गाउँपालिकाको कार्यालय शनिबार विधिवत उद्घाटन गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले सो भवनको उद्घाटन गरेका हुन् । उनले २०७५ सालको फागुन १४ गते एक समारोहका बीच सो भवनको सिलान्यास गरेका थिए ।
झण्डै पाँच करोड रुपैयाँ लागतमा निर्धारित समयसीमाभित्र सो भवन निर्माण गरी उद्घाटन गरिएको हो । सो भवनमा २१ वटा सुविधा सम्पन्न कोठाहरु छन् । ठूलो मैदान, हल, अन्य विभिन्न संरचनासहित भवन निर्माण भएको हो । भवनको बनोट पनि उत्कृष्ठ छ । अहिले कतिपय गाउँपालिकाले भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेका छन् ।
पाँच बर्षको यो अवधिमा कार्यालय भवन समेत बनाउन नसकेर पालिकाहरुले भवन बनाउनका लागि प्राप्त बजेट फ्रिज गरी कार्यालयको काम भाडाको घरबाट सम्पादन गरिरहेका छन् ।
कतिपय गाउँपालिकाको केन्द्र विवाद टुंगिसकेको छैन । कतिपयले केन्द्र टुंगिए पनि संरचना निर्माणको काम सुरु नै गर्न सकेका छैनन् ।
यति भनिरहँदा कार्यालय भवन निर्माण गर्नु नै सबैभन्दा ठूलो पुरुषार्थ होइन, तैपनि आफ्नै प्रशासकीय भवन बनाउनु अति उत्तम भने हो । कम्तिमा बर्षेनी लाखौँ रुपैयाँ भाडाका लागि खर्च गर्नु परेन ।
सोही शीर्षकमा आएको बजेटको सदुपयोग त भयो ।
बारपाक सुलीकोटको विराट प्रशासकीय भवन त बन्यो, तर त्यसको संरक्षण र व्यवस्थापन कत्तिको चुस्त हुन्छ भन्ने हेर्न बाँकी छ । ‘माल पाएर चाल नपाएको’ भन्ने नेपालीमा उखान प्रचलित छ । अर्थात राम्रो संरचनालाई सँधै उत्तिकै ‘टिूट’ गरिरहनु पर्छ । अन्यथा छ महिनामै फोहर, भूतघर जस्तो बन्न सक्छ ।
नकारात्मक टिप्पणीले सजग बनाउँछ, सकारात्मकतारित डोहो¥याउँछ भन्ने मान्यता राख्दै सो भवनको जतन होओस् । उत्कृष्ठ भवनभित्र उत्कृष्ठ कार्य सम्पादन पनि होओस् ।




