
पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम, हेर्दा सानो, महत्व ठूलो
हेर्दा साना देखिने धेरै कुराहरु अमूल्य हुन्छन्, प्रिय हुन्छन् ।
‘हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ, मुटुको केन्द्रको झल्का झन सबैभन्दा सानो हुन्छ ।
यो पृथ्वीको सानो शिरबिन्दु नै होस्, तर ओंकारको बिन्दु मैं परमानन्द घनीभूत छ । सानो भनेको के, ठूलो भनेको के ? यो दुनियाँमा तारालाई ठूलो भनौं भने अनन्त आकाश जूनकीरी जस्ता देखिन्छन्’, महाकवि लक्ष्मीप्रसाद देवकोटाका शव्दहरु हुन् यी ।
महिला उद्यमी संघ नेपाल गोरखाले हालै पृथ्वीनारायण शाहको मूर्ति बनाउने एक कार्यक्रम सम्पन्न ग¥यो । हेर्दा लाग्छ, यो सानो कार्यक्रम हो ।
कार्यक्रमै कार्यक्रमको भीडमा यस्ता कार्यक्रमको हेक्का हुँदैनन्, तर यो कार्यक्रम धेरै ठूलो हो, महत्वपूर्ण हो, प्रिय कार्यक्रम हो ।
कुतर्क गर्नेहरुले अन्य विभिन्न तर्कहरु गरिरहे पनि पृथ्वीनारायण शाह राष्टूनिर्माता हुन्, भन्नेमा अहिले सबै शीर्ष नेताहरु सहमत भएका छन् । कुतर्क गर्नेहरु पनि प्रकारान्तरमा यही ठाउँमा आइपुग्नेछन् ।
पृथ्वीनारायण शाहको जन्मथलो गोरखा हो ।
राजधानी परिवर्तन गरेपनि गोरखाले उनको महिमा गाउन बिर्सेको छैन ।
उनकै सम्मानस्वरुप गोरखामा उनको मूर्ति बनाउने तालिम सञ्चालन गरेको हो । १० जना गोरखाली महिलाहरुले एक महिनासम्म तालिम लिए । अब उनीहरुले पृथ्वीनारायण शाहको मूर्ति बनाउनेछन् । गोरखा भ्रमणमा आउने देशी, विदेशी यात्रुहरुको हातहातमा उनको मूर्ति पुग्नेछ । त्यसैले यो कार्यक्रमले पृथ्वीनारायण शाहको सम्मान तथा स्थानीयबासीको आयआर्जनमा टेवा पु¥याउनेछन् । गोरखाको प्रचार हुनेछ । रोजगारी वृद्धि हुनेछ ।
त्यसैले कार्यक्रमको गहिराइ बुझेर हेर्दा सानो लाग्ने यस्ता कार्यक्रमहरु गर्नुपर्छ । यस्ता रचनात्मक अवधारणा ल्याइरहनुपर्छ ।




