
बेलिब्रिज बनाउन ताकेता गर
पृथ्वीराजमार्ग सँग गोरखा जोड्ने गरी बुट्टारमा निर्माणाधिन बेलिब्रिजको काम रोकिएको छ । निर्माण कम्पनीको हेलचेक्राईले काम रोकिएको हो । २०७१ मा त्यहाँ पक्की पुल बनाउने गरी एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले ठेक्का लगाएको थियो ।
ठेक्का लिएको पप्पु कन्टूक्शनले काम गरेन । पुल निर्माण गर्न गोरखा तर्फ निर्माण सामग्री ढुवानी गर्न समस्या भएको बताउँदै पप्पुले काम रोक्यो । अन्ततः त्यहाँ बेलिब्रिज बनाउने तयारी सुरु भयो । बेलिब्रिज बनेपछि पक्की पुल निर्माणको जिम्मा लिएको पप्पु कन्टूक्शनले पुल बनाउने बताएको छ ।
पक्की पुल नबन्द बुट्टारमा बन्न लागेको सुपर त्रिशुली जलविद्युत आयोजना निर्माणको काम पनि प्रभावित बन्यो । वर्षौँ देखि स्थानीय झोलुङ्गे पुलको भरमा छन् । स्थानीयको दैनिकी निकै कष्टपुर्ण रह्यो । जलविद्यूत अयोजना निर्माण रोकिएपछि आयोजना आफैँले बेलिब्रिज बनाउने योजना अघि सा¥यो ।
योजना अनुसार बेलिब्रिजको काम भएको भए बाहनामा काम रोकेको पप्पुलाई पनि काम गर्न दबाव हुने थियो । तर अहिले आयोजनाले बेलिब्रिज बनाउन जिम्मा लिएको कम्पनीले नै काम छाडेर हिँड्यो ।
आयोजनाको प्रवद्र्धक व्लु इनर्जी प्रालिसँग ठेक्का लिएको हुबेइस्वीजोङ कम्पनीले बिगत एक महिनादेखि काम अलपत्र पारेको छ । एकसय मिटर लामो बेलिब्रिज सो कम्पनीले ११ करोड रुपैयाँ लागतमा निर्माणको जिम्मा लिएको थियो । जिम्मा लिएको अन्तराष्टिूय कम्पनीले ले नै आयोजना अलपत्र पर्दा स्थानीय निराश सँगै आक्रोशित छन् ।
कहिले पक्की पुल, कहिले बेलिब्रिज तत्काल बन्छ भन्दै स्थानीयलाई आश्वासन मात्रै दिएको भन्दै गण्डकी गाउँपालिकाका सर्वसाधारण आक्रोशित भएका हुन् । सडक कार्यालय, ब्लु इनर्जी कम्पनी, गोरखा स्थित जिल्ला प्रशासन कार्यालय, गण्डकी गाउँपालिकाले पनि स्थानीयको चासोलाई ध्यान दिनुपर्छ ।
बेलिब्रिज निर्माणमा भएको ढिलाई बारे स्पष्टिकरण सोध्ने, काम गर्न निर्माण कम्पनीलाई ताकेता लगाउने गर्नुपर्छ । अन्यथाः त्यहाँका स्थानीयले कृषि उत्पादन सँधै डोकोमा बोकेर ल्याउने, बजारबाट फर्कँदा कुर्लुम्म भारी बाकेर जानुपर्ने अवस्था अन्त्य होस् । स्थानीयको दैनिक जिबिका सहज होस् ।




