| आइतवार, कार्तिक २२, २०८३

सगरमाथाबाट सुरुङ खनेर काठमाडौँ रेल ल्याउने चिनियाँ प्रस्ताव, बहुमल्य खनिज लैजाने आशंका

चीनले सगरमाथाबाट सुरुङ खनेर काठमाडौँ रेल ल्याउने प्रस्ताव गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर रेलमार्ग निर्माण गर्न चीनले प्रस्ताव राखेको हो ।

उसले छिटो रेलमार्ग निर्माण गर्ने बारेमा सोच्न नेपाललाई आग्रह गरेको छ ।

धेरैको बुझाई के छ भने सगरमाथा क्षेत्रमा बहुमुल्य खनिज हुनसक्ने भएकाले चीनले भित्रभित्रै त्यो हात पार्नका लागि यो प्रस्ताव राखेको छ ।

विज्ञहरुले समेत आशंका गरेका छन् की नेपाल चीन सीमानामा नै सुरुङ्ग बनाउने हो भने भित्र भित्रै के के बन्ला भन्ने शंका गर्ने सुविधा पर्याप्त छ ।
परियोजनामा संलग्न एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान कठिन रहेको बताएको र यही भूमी रोजिएको बताएका छन् ।

ती इन्जिनियरलाई उधृत गर्दै हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पोस्टले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग बनाउन सुझाएको बारे समाचार लेखेको छ ।

वातावरण संरक्षित क्षेत्रमा ठूला परियोजना निर्माण गर्न चिनियाँ कानूनले अनुमति नदिने उल्लेख छ । ८ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको उक्त रेलमार्गले नेपालको अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने जनाइएको छ ।

दुबै मुलुकको एक हजार किलोमिटर लामो सीमा हुँदै रेलमार्ग बनाउन ६ वटा रुट प्रस्ताव गरिएको र कुन रुट छनौट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अन्यौलमा छन् ।

चीनको स्थानीय अखबार रेलवे स्ट्रान्डड डिजाइनमा गत बुधबार प्रकाशित समाचारमा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै बनाइने रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ बनाउन सहमति जुटेको उल्लेख छ ।

सान्ची प्रान्तस्थित चिनियाँ रेलवे फस्ट सर्भे तथा डिजाइन इन्स्टिच्युट ग्रुपका वरिष्ठ इन्जिनियर लियाङ दोङले एक तिहाइभन्दा बढी सुरुङ सगरमाथा राष्ट्रिय निकुञ्जमा भूमिगत तरिकाले बनाउने सहमति जुटेको उक्त अखबारलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्