| बुधबार, अशोज ६, २०८३

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र किनमेल गर्न रोक

जन्मदिन मनाउन रोक, कसैको मृत्यु भएमा रुन पनि नपाइने

उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका पिता किम जोङ इलको १०औं पुण्यतिथिमा ११ दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।

फाइल तस्बिर : रोयटर्स

शुक्रबार उत्तर कोरियाले शोक मनाउने घोषणा गर्दै आफ्ना नागरिकलाई ११ दिन हाँस्न, मदिरा सेवन गर्न र किनमेल गर्न प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार किम जोङ इलको सम्मानमा पूरा देश उनलाई शान्त श्रद्धाञ्जली दिनेछ । यस अवधिमा गाडी र रेललाई हर्न बजाउन पनि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै यो ११ दिनको बीचमा कुनै पनि घरमा कसैको मृत्यु भएमा रुन पनि अनुमति छैन । त्यस्तै शोक अवधि सकिएपछि अर्थात ११ दिनपछि मात्र घरबाट शव निकाल्न निर्देशन दिइएको पनि बताइएको छ । त्यस्तै यही अवधिमा कसैको जन्मदिन परेमा पनि मनाउन पाइने छैन ।

डिसेम्बर १७ तारिख दिउँसो पूरै देशमा एकसाथ साइरन बजाइएको थियो र सम्पूर्ण नागरिक कुमसुसान प्यालेसतर्फ फर्किएर तीन मिनेट नेता किमलाई श्रद्धाञ्जली दिएका थिए ।

किम जोङ इलको मृत्यु सन् २०११ डिसेम्बर १७ मा भएको थियो । दुई दिनसम्म उनको मृत्युका बारेमा कुनै जानकारी सार्वजनिक गरिएको थिएन । दुई दिनपछि सरकारी सञ्चारमाध्यममार्फत उनको मृत्यु भएको घोषणा गरिएको थियो । किम जोङ इल उत्तर कोरियामा शासन गर्ने किम वंशका दोस्रो व्यक्ति हुन् । उनले उत्तर कोरियामा १७ वर्ष शासन गरेका थिए ।

Copied : www.ekantipur.com

प्रतिक्रिया दिनुहोस्