
पहिरोमा पुरिएकी चेक रिपब्लिककी नागरिक १५ दिनसम्म फेला परिनन्
मनास्लु क्षेत्रमा पहिरोमा पुरिएकी चेक रिपब्लिककी नागरिक अहिलेसम्म फेला पर्न सकेकी छैनन् । दुईहप्ता अघि गत कात्तिक १४ गते चुमनुब्री ३ न्याकफेदीको पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा १५ दिन भइसक्दा पनि फेला नपरेकी जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मनास्लुको भ्रमण तथा लार्केपास गर्न गएका उनी र उनका श्रीमान निरन्तरको हिमपात र बर्षाका कारण मौसम प्रतिकूल भएपछि फर्किएका थिए । फर्कदै गर्दा न्याकफेदीमा उनी पहिरोमा पुरिएकी थिइन् भने उनका श्रीमान र गाइड भागेर ज्यान बचाएका थिए ।




