| सोमवार, कार्तिक २३, २०८३

नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर


अहिले गोरखामा मात्र नभै देशभर नै राजनीतिक गतिविधि एकाएक चुलिएको छ । ७१ बर्ष पुरानो बिरासत बोकेको नेपाली काङ्ग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेको छ । गाउँ तथा नगर अधिवेशन हुने तयारीमा छ । क्षेत्रीय अधिवेशनहरु सम्पन्न गर्दै जिल्ला अधिवेशन हुने तयारीमा छ ।


१० बर्षे कठोर जनयुद्ध लडेर स्थापित भएको नेकपा(माओवादी केन्द्र)को पनि सेल कमिटी, वडा कमिटी, गाउँ तथा नगर कमिटी गठन गर्ने तयारी गरिरहेको छ ।


राजसंस्था र हिन्दू धर्मको पक्षमा वकालत गर्ने भनेर फरक पहिचान बनाएको राप्रपाले पनि यही बेला एकता महाधिवेशनको तयारी गरिरहेको छ । उसले पनि वडा कमिटी, गाउँ तथा कमिटी, क्षेत्रीय कमिटीको अधिवेशन धमाधम गरिरहेको छ ।


नवगठित नेकपा(एस)ले पनि कमिटी बिस्तार गरिरहेको छ । चोइटिएपछिको नेकपा एमालेले पनि पार्टी केन्द्रको सर्कुलर गाउँबस्तीसम्म पु¥याउने काम गरिरहेको छ ।


यसले जिल्लाभर राजनीतिक माहोल बनाएको छ । बर्षौँदेखि सुनसान बनेको राजनीतिक गतिविधि अहिले यसरी एकाएक चुलिएको छ । बालिग बनिसक्दा पनि ठूला राजनीतिक पार्टीको नाम भन्न नसक्ने(राजनीतिक चेत सुन्य भएको) अबस्थामा यो माहोलले कम्तिमा राजनीतिक माहोलतिर युवाहरुलाई आकर्षित गरेको छ ।


अहिले राजनीतिमा युवाको खडेरी लागेको अबस्था हो । यी र यस्तो गतिविधिले युवाहरुलाई जानी नजानी राजनीतितिर तानेको पाइन्छ । यसो भयो भने पुराना मानसिकता बोकेका, समय सापेक्ष अघि बढ्न नसक्ने ज्येष्ठ नागरिक राजनीतिक कार्यकर्तालाई ससम्मान विदाई गरी जल्दाबल्दा युवालाई राजनीतिक मूलधारमा ल्याउनेछ ।

पलायन भइरहेका युवाहरु राजनीतिमा आए भने चौतर्फी विकासको रफ्तार बढ्नेछ ।
त्यसैले पार्टीको वडा कमिटीदेखि केन्द्रीय कमिटीसम्मको नेतृत्व युवाहरुको हातमा सुम्पनु पर्छ । ज्येष्ठ नागरिक नेताले आशिर्वाद र अनुभव सिकाइदिए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्