विकासको काममा राजनीतिक पूर्वाग्रह अभिसप्त
राजनीति विकासका लागि गर्ने हो, विकासको काममा राजनीति गर्ने होइन । राजनीतिले विकासका काममा टेवा पु¥याउनु पर्छ । तर विकासको काममा राजनीति गरेर तँछाड र मछाड, तेरो र मेरो, तैले सुरु गरेको र मैले सुरु गरेको, तँलाई जस मिल्ने कि मलाई जस मिल्ने ? जस्ता घटिया कुराहरु विकास निर्माणको काममा गर्नुहुदैन ।
हालै गोरखाका निर्वाचन क्षेत्रस्तरीय दुईवटा सडक निर्माणको प्रक्रिया रोकिएको छ ।
टेण्डर सुरु नहुँदै क्षेत्र नंबर १ को दर्बुङफाँट, लाँकुरीडाँडादेखि दलभञ्ज्याङसम्मको सडक स्तरोन्नति गर्ने काम रोकिएको छ । दर्बुङफाँटदेखि १५ किलोमिटर सडक स्तरोन्नतिको डिपिआर तयार भएको कार्यालयले जनाएको छ । डिपिआर तयार गरेर ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा सरकारले प्रक्रिया रोकेको हो ।
त्यस्तै क्षेत्र नम्बर २ को घ्याम्पेशाल, ताकुकोट, हुँडीखोला, सौरपानी, रञ्चोक, पोखरी हुदै बारपाक जोड्ने सडक स्तरोन्नति गर्न डिपिआर सुरु भएको थियो । सौरपानीदेखि १५ किलोमिटरसम्म स्तरोन्नति गर्न डिपिआर तयार हुदै थियो । तर त्यो सडक निर्माणको प्रक्रिया पनि सरकारले रोकेको छ ।
४०, ४० करोड रुपैयाँमा निर्माण गर्न प्रस्ताव गरिएका दुई सडक निर्माण प्रक्रिया गर्भमै तुहिएको छ ।
४० लाख खर्च गरेर डिपिआर तयार गरे पनि काम रोकिएको एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयले जनाएको छ ।
यसअघि केपी ओली नेतृत्वको सरकारले देशभरका १६५ निर्वाचन क्षेत्रमा एक(एकवटा सडक निर्माण गर्ने निर्णय गरी तत्कालीन प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सिलान्यास पनि गरेका थिए । तर सरकार परिवर्तन भएलगत्तै अर्थमन्त्रालयले ती सडक निर्माण प्रक्रियाको काम अघि नबढाउन आदेश गरेको हो ।
विकास जनताका लागि गर्ने हो । जुन सरकारले सुरु गरे पनि जस जसले पाए पनि लाभ जनतालाई हुने हो । त्यसैले यस्ता काममाथि तुषारापात हुनुहुन्न ।




