| सोमवार, कार्तिक २३, २०८३

गोरखकाली रबर उद्योगलाई बचाउन सकिन्छ

कुनै देशमा जनता गरिब हुन्छन्, सरकार धनी हुन्छ, कुनै देशमा सरकार तन्नम हुन्छ, जनता मात्र धनी हुन्छन्, कुनै देशमा न देश धनी हुन्छ, न जनता धनी हुन्छन् ।
हाम्रो देश नेपाल उपरोक्त तेस्रो किसिमको हो । यहाँका जनता कोही(कोह भने सरकारभन्दा पनि धनी छन् । तिनलाई सरकारले सँधै उचालिरहेको हुन्छ किनभने नेतालाई सरकारमा पु¥याउन ती किसिमका जनताले चुनाब खर्च दिएको हुन्छ ।
त्यस्ता जनताको कम्पनीको नाम बेलाबेला मिडियामा आइरहन्छन्, राजस्व छलेको नाउँमा, कौडीको भाउमा जग्गा भाडामा दिएको नाउँमा इत्यादि ।
नेपालमा कुनै उद्योग, कलकारखाना सरकारले चलायो भने घाटामा जान्छ । त्यही उद्योग कारखाना व्यक्तिलाई चलाउन दियो भने दुई बर्षभित्रै नाफामा जान्छ । यस्तो बिडम्बना भएको देश हो हाम्रो त्यसैले गोरखकाली रबर उद्योग, बिराटनगर जुटमिल, भृकुटी कागज, बुटबल धागो, जनकपुर चुरोट, लुम्बिनी चिनी मिल लगायत दर्जनौ उद्योग कारखाना बन्द भएका छन् । त्यही किसिमका व्यक्तिले चलाएका उद्योग कारखाना मालामाल नाफामा चलेका छन् ।
उपभोक्ताको ढाड सेक्नेगरी जति भाउ बढाए पनि नेपाल आयल निगम घाटामै छ । नेशनल टूेडिङ, साल्ट टूेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका धुकधुकी मात्र छन् ।
के असक्षम नेतृत्व भएर हो ? सम्बन्धित बिषयमा आवश्यक योग्यता नपुगेका नेतृत्व भएर हो ? यी कुनै पनि होइन । कारण एउटै छ, सरकारले नै बिगार्न, भत्काउन चाहेर हो । यसमा कुनै दुई मत छैन ।
गोरखकाली रबर उद्योग चलाउन पनि नसक्ने कुनै कारण छैन । सरकारलाई उद्योग डुबाउन मन लागेर मात्र डुबाएको हो । उद्योग चलाउने अनेक उपाय छन्, मात्र चलाउन दृढ इच्छाशक्तिको खाँचो चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्