आत्महत्या निरुत्साहित गरौँ
गत वर्षको तथ्याङ्कले गोरखामा मासिक छ जना भन्दाबढिले आत्माहत्या गरेको देखाउँछ । अधिकासं घटना झुण्डिएर भएका छन् । आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै देखिन्छ । उमेर समुह भने फरक फरक छ । २०७७÷७८ मा ७९ जनाले गोरखामा आत्महत्या गरे ।
केही दिन अघि गोरखाका भिमसने थापा गाउँपालिका ७ मा २० वर्षिय पुरुषले आत्महत्या गरे । एकदिनपछि आमाले पनि आत्महत्या गरिन् । समान्य बिवाद हुँदा छोरा झुण्डिए । आफ्नो कारणले छोरा झुण्डिएको भन्दै आमाले पनि आत्महत्या गरिन् । अधिकासं आत्महत्याका घटना समान्य कारणबाट सिर्जित हुन्छ । अहिले भईरहेको घटना हेर्ने हो भने क्षणिक आबेस, रिस, उत्तेजना, पारिवारिक समस्या, आर्थिक संकट जस्ता विषयलाई लिएर समस्या समाधानको रुपमा मानिसहरुले आत्महत्या रोज्ने गरेको पाईन्छ ।
आत्महत्या अन्य रोग जस्तो पहिल्यै लक्षण थाहा हुँदैन । कसले के कारण कतिबेला आत्महत्या गर्दैछ भन्ने अनुमान गर्न सकिँदैन । त्यसैले यो न्यूनिकरणमा पनि समस्या छ ।
आत्महत्याको न्यूनिकरण गर्न पहिले त कारण पहिचान गर्नुपर्छ । किन मानिस आत्महत्याको बाटो रोज्न पुग्छ ? अहिले भईरहेको घटनाको अध्ययन गर्ने र त्यस्ता समुदाय, ब्यक्ति सम्म पुगेर सचेतना जगाउनुपर्छ ।
आत्महत्या रोक्ने वा न्यूनिकरणको उपचार नै सचेतना हो । जब सम्म मानिसको आत्माबल बलियो हुँदैन उनले आत्महत्याको बिचार आउनु रोग हो भन्ने बुझ्दैन त्यतीबेला सम्म न्यूनिकरण गर्न सकिँदैन । आत्महत्याका घटना भएको क्षेत्रमा स्थानीय तहले सचेतनाका कार्यक्रम संचालन गर्ने, पारिबारिक बेमेलको अवस्था आउन नदिने, आर्थिक सामाजि रुपमा पनि सर्वसाधारणलाई सक्षम बनाउने तर्फ स्थानीय तहको ध्यान जानुपर्छ । आत्महत्याको बाटो रोजेकालाई निरुत्साहित गर्ने खालका बिभिन्न कार्यक्रम स्थानीय तहले संचालन गर्नुपर्ने देखिन्छ ।
प्रेममा असफल, बैदेशिक रोजगारीपछि पारिबारिक तनाब जस्ता कारण पनि आत्महत्याको घटना रोज्नेहरु छन् । यस्तो समस्यामा परेका ब्यक्तिको पहिचान गरेर समाधानको उपाए दिन सकियो भने आबेगमा आएर अकालमा आत्महत्या गर्नेहरुलाई बचाउन सकिन्छ ।




