| सोमवार, कार्तिक २३, २०८३

बिओपीका लागि नेता र जनप्रतिनिधि जाग्नुपर्छ

उत्तरी गोरखामा हरेक कुरामा दुख छ भनेर व्याख्या गर्न अब नयाँ शव्द छैन । सबैभन्दा आधारभूत आवश्यता गाँस, बास, कपासको समस्या छ । शिक्षा, स्वास्थ्य, रोजगारको पनि चरम अभाव छ ।
मान्छेका लागि अति आवश्यक हिड्ने बाटो हो, त्यो पनि कठिन छ । यातायात, सञ्चारको पनि अनेकानेक समस्या छ ।
उत्तरी गोरखामा सुविधा छ भने शुद्ध मन, शुद्ध हावा, शुद्ध पानीको मात्र । भौतिक सुख, सुविधाको भने अथाह दुख छ ।
सरकारले उत्तरी नाकाहरुमा बिओपी राख्ने निर्णय ग¥यो, जसमध्य गोरखाका पनि दुई ठाउँमा बिओपी रहने निर्णय भएको थियो तर एक बर्ष हुनलाग्यो, यहाँ स्थापना भएको छैन ।

छिमेकी रसुवामा बिओपी स्थापना भयो त्योभन्दा पूर्व सिन्धुपाल्चोक, संखुवासभा, ताप्लेजुङमा स्थापना भयो । पश्चिम छिमेकी मुस्ताङ, हुम्लामा बिओपी स्थापना भइसक्यो तर गोरखामा स्थापना भएको छैन ।
केन्द्रीय राजनीतिमा, सत्ता र सरकारमा पहुँचवाला नेताको अभावले गर्दा उत्तरी गोरखामा सदियौँदेखि बिभिन्न समस्या, अभाव, संकट, हाहाकार हुनुको पछाडि त्यस क्षेत्रमा हो । त्यहाँको बिकटता नदेखेका, त्यहाँको दुख नबुझेका मान्छे त्यहाँका जनप्रतिनिधि छन् । त्यहाँको बाध्यता, विवशता महशुस गर्न नसक्ने मान्छे नेता छन् । त्यहाँको बास्तविक समस्या ठाउँमा पु¥याउन नसक्ने मान्छे त्यहाँका अगुवा छन् । त्यसैले त्यहाँको समस्या केन्द्रीय स्तरमा उठ्दैन, प्रदेश स्तरमा पुग्दैन ।
त्यस क्षेत्रको चौतर्फी विकासका लागि जो, जसले जे गर्न सक्छ, आफ्नो ठाउँबाट इमान्दार भएर गर्नुपर्छ । त्यहाँको दुर्दशा अन्त्य गर्न मानवताका लागि भने पनि आफूले सकेको ठाउँमा भूमिका निर्वाह गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्