
नेपालमा कोरोनाको तेस्रो लहरको खतरा : स्वास्थ्य मन्त्रालय
स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले बुधबार प्रेस ब्रिफिङमार्फत मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको संकेत गरे।
उहाँका अनुसार पछिल्लो समय धेरै व्यक्ति अस्पतालमा टाउको दुखेर, सामान्य ज्वरो आएर अथवा अन्य समस्याका कारण भर्ना हुने क्रम बढ्दै गएको अवस्था छ । साथै स्वास्थ्यमा जटिल समस्या अएका कारण पनि केही व्यक्तिहरु अस्पताल भर्ना हुन थालेको उनले प्रेस ब्रिफिङमार्फत बताए ।




