| सोमवार, कार्तिक २३, २०८३

एउटा प्रोजेक्ट पूरा हुन १० बर्ष ?

दुईबर्षभित्र सम्पन्न गर्नुपर्ने करिब दुई करोड रुपैयाँको प्रोजेक्ट सम्पन्न हुन कति बर्ष लाग्ला ? तीन ? चार ? वा पाँच ?
लापार्बाहीको सीमा नभएपछि कुनै पनि काम सम्पन्न गर्ने अवधिको पनि सीमा हुन्न, अर्थात प्रोजेक्ट तुहिन पनि सक्छ ।
सन्दर्भ सोतीखोला पुलको हो । १० बर्षसम्म काम सम्पन्न नभएको भन्दै नेपालका मेनस्टिूमका सञ्चारमाध्यम सबैले समाचार लेखेको पुल थियो, त्यो ।


ढिलो भयो भनेर दुख मान्नुपर्नेमा हरामी निर्माणकर्ताको फेला परेपछि धन्न तुहिएन भन्नेमा खुशी व्यक्त गर्नुपर्ने ।
नयाँ कार्यालय प्रमुख फेरिएपछि ठेकेदारलाई कारबाही गरेर भए पनि काम गर्न लगाउँछु भन्ने हुङ्कार सुनिन्थ्यो तर रहँदा बस्दा कार्यालय प्रमुखको भन्दा ठेकेदारको हुंकार ठूलो आउँथ्यो । यसको कारण समीक्षाको बिषय हुनसक्ला ।
काम नगर्ने ठेकेदार र काम लगाउन नसक्ने कार्यालय प्रमुखका कारण अलपत्र भइरहेको सोतीखोला पुल निर्माण सम्पन्न भएको छ । जे होस्, अब धार्चे प्रवेश गर्न सबैभन्दा ठूलो व्यवधानमध्यको एउटा ब्यबधान टरेको छ । अब फुङ्गीखोलाको समस्या समाधान हुन बाँकी नै छ ।

नौलीखोलाको कल्भर्ट, माछाखोला पुल, खोर्लाखोला(निम्रुङखोला), तातोपानीभन्दा माथिका दुई ठूला झरनाको समस्या समाधान भएपछि जगतसम्म सजिलै सवारी साधन चल्न सक्छ । अथवा यी खोलामा पुल बनेपछि पदयात्रु सहज रुपमा चुमनुब्री प्रवेश गर्न सक्छन् ।
सोतीखोलाभन्दा अघिको अजुवाखोला पुल पनि अर्को क्रोनिक बनिरहेको पुल हो । गोरखा एप्रोप्रियटले बिगत लामो समयदेखि अलपत्र पारिरहेको त्यहाँको काम पनि तुहिने हालतमा पुगेको छ ।
काम नगरेर बेइमान गर्नेलाई कडाइका साथ काम गराउन नसक्ने कार्यालयले उनलाई पनि ललाईफकाइ काम गराएर पुल निर्माण सम्पन्न गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्