| सोमवार, कार्तिक २३, २०८३

‘भीरमा भ¥याङ’ कहिलेसम्म ?

‘रेलको बाटो पुग्दै छ रे, तिमी बस्ने सहरमा, हुम्ला कहिले मोटर आउला बसेको छु रहरैमा…’ बोलको एउटा मर्मस्पर्शी गीत अहिले निक्कै चर्चामा छ । यसले ठ्याक्कै उत्तरी गोरखाको झल्को दिन्छ ।
गोरखाको सुदूर उत्तरी गाउँको भूगोल कर्णालीका हुम्ला, जुम्ला भन्दा सुगम छैनन् । ५०(छेकम्पार) देखि ५२(सामागाउँ) कोश भन्दा टाढा रहेका ती गाउँसम्म पुग्न अहिले पनि कम्तिमा चारदेखि पाँच दिनसम्म पैदल हिड्नु पर्छ । यो बाटो म्याद त हिउँदे हो । बर्खे बाटो म्याद अनिश्चित हुन्छ ।
हिउँदका बेला तातोपानीसम्म जीपमा जान सकिन्छ । जब बर्खा लाग्छ(जस्तो अहिले) सोतीदेखि नै पैदल हिड्नुपर्छ । बूढीगण्डकीले मनमौजी बाटो पहि¥याइरहेको हुन्छ, बगाइरहेको हुन्छ ।
सहरमा सडक हुन्छ । त्यसलाई बर्षेनी करोडौँ खर्चेर स्तरोन्नति गरिन्छ । रेलमार्ग बनाइन्छ । तर गाउँमा पैदल हिड्ने बाटोसम्म पनि हुदैन ।
उत्तरी गोरखाको बिभिन्न पदमार्ग भत्किएपछि जबर्जस्ती डोरी समातेर भीरमा हिड्ने गरिन्छ । कतै भ¥याङ बनाएर पनि भीर चढ्ने, ओर्लने गरिन्छ ।
खाद्यान्न ओसारपसार अबरुद्ध भएपछि अहिले गोरखाको धार्चे १ यारुबगरमा यो अबस्था छ । उत्तरी गोरखाको लाइफलाइन मानिने बाटो नभएपछि चुमनुब्री गाउँपालिकाभरका बासिन्दालाई खाद्यान्न ओसार्न भीरमा भ¥याङ बनाइएको छ । भ¥याङको फेदसम्म खच्चडमार्फत खाद्यान्न ओसारिन्छ । मान्छेले बोकेर भ¥याङ चढ्छन् । केही पर लगेर फेरि खच्चडमा राख्छन् ।
उत्तरी गोरखामा यसरी पेटभर्ने प्रयास गरिएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको सडकले सामागाउँ जोड्नेमा त्यहाँका बासिन्दा अत्यन्त व्यग्र प्रतिक्षामा छन् तर सेनाको सडक योजनाका लागि बर्षेनी पाँच करोड, आठ करोड रुपैयाँ बजेट बिनियोजन हुन्छ । यति बजेटले त्यो सडक सम्पन्न हुन कैयौँ बर्ष लाग्छ ।
उत्तरी गोरखाका बासिन्दा सहज यात्राका लागि व्यग्र प्रतिक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस्