| सोमवार, कार्तिक २३, २०८३

लिगलिगकोट पहिरो पीडितको समस्या सम्बोधन गर

गत असार १६, १७ र १८ गतेको अबिरल बर्षापछिको पहिरोले पालुङ्टार नगरपालिका विशेष प्रभावित बन्यो । त्यसताका बिमल नगर, बन्दीपुर क्षेत्रलाई केन्द्र बनाएर भीषण बर्षा भएको थियो ।
सो बर्षाले विशेषगरी लिगलिगकोटको चारैतिर पहिरो झ¥यो । वडा नं. २ र ३ को वडा अध्यक्षहरुका अनुसार सो आसपास ४५ भन्दा धेरै घरपरिबार बिस्थापित छन् । पालुङ्टार नगरपालिकाका अनुसार पालिकाभित्र एकसय ९० घरधुरी बिस्थापित छन् ।
फाट्टफुट्ट जताततै विस्थापित छन्, तथापि राउतेपानीको एउटै गाउँका १८ घर बिस्थापित छन् । उनीहरु स्थानीय सगरमाथा आधारभूत विद्यालयमा शिविर खडा गरी बसेका छन् । त्यहाँको उनीहरुको बसाइ समस्याग्रस्त छ ।
घर गुमेको छ । बारी गुमेको छ । मिल, पसलघर गुमेको छ । खानेपानी धारा गुमेको छ । विद्यालयको एउटै कोठामा ११ जना युवायुवती, वृद्धवृद्धा, बालबालिका सुत्नुपरेको छ । सौचालय अपर्याप्त छ ।
घरको अन्नपात निकाल्न नपाएकाहरुलाई खाद्यान्न समस्या छ । ओढ्ने ओछ्याउने, फेरफार गर्ने लुगा कपडाको समेत समस्या छ । यसअघि दिएर खान पुगिसरी आएकाहरु अहिले अरुसँग हात थाप्नु पर्दा, अरुको आशामुखी भएर बाँच्नुपर्दा मानसिक रुपमा विक्षिप्त छन् ।
भीषण बर्षात हुने साउन महिना बाँकी नै छ । भूकम्प र परकम्पले छियाछिया भएको जमिनको चिराबाट पसेको पानीले सो डाँडा पहि¥याएको विज्ञको तर्क छ । त्यसबेलाको पहिरो दिउसोको समयमा गएकाले मानवीय क्षति भएन । त्यस्ता ठाउँ अझै धेरै छन्, जसका कारण मानवीय क्षतिको सम्भावना जीवितै छ । उनीहरुलाई कसरी बचाउने भन्ने चुनौति बाँकी नै छ ।
सो ठाउँका लागि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, विपतमा सहयोग गर्ने संघसंस्थाहरुको सहयोगको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्