तामाखानी उत्खनन्मा जोडबलको खाँचो
गत जनवरी महिनामा खानी तथा भूगर्भ विभागले बारपाक सुलीकोट गाउँपालिका वडा नं. ७ को ग्याजीमा तामाखानीको पूर्व सम्भाव्यता अध्ययन ग¥यो । करिब छ महिनापछि अध्ययन प्रतिवेदन सार्वजनिक भयो । जसअनुसार ग्याजीको खानीमा तामा छ भन्ने आएको छ ।
खानी तथा भूगर्भ विभागले यहाँ जस्ता धेरै खानीहरुको पूर्व सम्भाव्यता अध्ययन गरेको छ । तीमध्य उत्कृष्ठ खानीको मात्र दोस्रो चरणको सम्भाव्यता अध्ययन गर्ने गर्छ । ती उत्कृष्ठमध्य गोरखाको ग्याजी तामाखानी पनि पर्छ ।
यो सुखद पक्ष हो । अर्कातिर दुखद पक्ष यो पनि छ कि, आउँदो आर्थिक बर्षको दोस्रो चरणको सम्भाव्यता अध्ययनका लागि ग्याजी तामाखानीलाई समेटिएको छैन । उत्कृष्ठभित्र पर्नु तर दोस्रो चरणको अध्ययन नहुनुको अर्थ के हो ? यसबारे खोजी गर्न र अध्ययनका लागि दबाब सिर्जना गर्नुपर्ने आबश्यकता देखियो ।
तेस्रो बर्ष मात्र दोस्रो चरणको सम्भाव्यता अध्ययन गरिने खानी तथा भूगर्भ विभागले जनाएको छ । जब मुलुक सिस्टम भन्दा भनसुन र सोर्सफोर्सले धेरै चल्ने अभ्यास छ भने तेस्रो बर्ष पनि यसको अध्ययन हुन्छ भन्ने के निश्चित ? त्यसैले सोर्सफोर्सले नै चलेको देशमा सोर्सफोर्स नै प्रयोग गरेर यसको अध्ययन र उत्खनन्का लागि दबाब सिर्जना गर्नुपर्ने देखिन्छ ।
खानी उत्खनन् गर्दा धेरै फाइदा हुन्छ । पहिलो फाइदा त तामाको आयातमा कटौति हुन्छ । स्वदेशी ढुकुटीको बचत हुन्छ । तामामा आत्मनिर्भर बन्न टेवा पुग्छ । दोस्रो त, रोजगारी सिर्जना हुन्छ । युवा विदेशिने अबस्थामा न्यूनिकरण हुन्छ ।
तेस्रो फाइदा राजस्व वृद्धि हुन्छ । आयआर्जन बढ्छ । त्यसैगरी यस क्षेत्रको पर्यटन विकास हुन्छ । यस क्षेत्रमा सडक लगायतका पूर्वाधार विकासले तिब्रता पाउँछ ।
यी विभिन्न कारणले तामाखानी उत्खननको महत्व छ ।




