| सोमवार, कार्तिक २३, २०८३

मनास्लु क्षेत्रका होटल व्यवसायी बिचल्लीमा

जतिबेला कोरोना महामारी थिएन, डेङ्गु पनि थिएन, भूकम्पका कारण भत्किएका संरचनाहरु पनि धमाधम पुनर्निर्माण हुदैथिए, त्यतिबेला मनास्लु क्षेत्रमा पर्यटकको घुइँचो थियो । २०७५ सालमा अहिलेसम्मकै सबैभन्दा धेरै आठ हजार विदेशी पर्यटक मनास्लु क्षेत्रमा भित्रिएका थिए ।


त्यसको अर्को बर्ष नेपालमा डेङ्गु भित्रियो, त्यसले गर्दा पर्यटक आवागमनमा गिरावट आयो । बुकिङहरु पनि धमाधम रद्ध गर्न थाले । त्यसको अर्को बर्ष त झन् कोरोना महामारी सुरु भयो । पर्यटक ठप्प भए । पर्यटन व्यवसाय पनि ठप्प भए, त्यसमध्यकै एक होटल व्यवसाय पनि ठप्प भए ।
मौजुदा होटल, लज, रेष्टुरेण्टले पर्यटक थाम्न सकेनन् । असुविधा हुने गरी पर्यटकहरु यत्रतत्र खाँदिएर बस्नु पर्ने अबस्था आएपछि होटल व्यवसायीहरुले साबिक भौतिक संरचना सुधार गर्न थाले । नयाँ व्यवसायीहरु पनि त्यसतर्फ आकर्षित भई स्तरीय होटलहरु बनाउन थाले । लाखौँ ऋण लिएर व्यवसाय सुरु गरे ।


ऋण लिनका लागि वैँकहरुले मनास्लु क्षेत्रका घर, जग्गा धितो राखेन । त्यहाँका होटल व्यवसायलाई आधिकारिकता पनि दिएन जसले गर्दा व्यवसायीहरु चर्को व्याज तिर्ने गरी व्यक्तिसँग ऋण लिन बाध्य भए । मासिक सयकडा तीनदेखि पाँच रुपैयाँसम्म व्याज तिर्ने गरी ऋण लिए ।
कोही ऋण लिएको पैसाले होटल बनाउँदै थिए, कोही ऋण लिएर होटल चलाउँदै थिए, एक्कासी दुई बर्षदेखि सिजन ठप्प हुँदा ती व्यवसायीको आर्थिक अबस्था चौपट भएको छ ।

ऋणीको कमाइ बन्द छ तर साहुले न व्याज माफी दिन्छ, न घटाइदिन्छ ।
यदि उनीहरुले पनि वैँकबाट कर्जा लिन पाएको भए व्याजमा केही राहत हुने थियो । राजनीतिक नेता तथा जनप्रतिनिधिहिरुले यस बारेमा चासो राख्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्