| सोमवार, कार्तिक २३, २०८३

सांसदले बाँडेका कार्यक्रमको अनुगमन फितलो

गोरखामा प्रदेशसभा अन्तर्गत छनौट भएका निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्र्तगतको ४५ वटा योजना सम्पन्न भएका छन् ।
प्रदेशसभा अन्तर्गतका चार वटा क्षेत्रका एकसय वटा कार्यक्रममध्य ९९ वटा योजना सम्झौता भएको थियो ।

पालुङ्टार नगरपालिका वडा नम्बर २ रातडाँडा युवा क्लवको खेलमैदान निर्माणको योजना भने सम्झौता हुन बाँकी रहेको थियो । १५ लाखको उक्त योजना जग्गा अभावका कारण समयमै सम्झौता हुन नसकेको हो ।
काम सम्पन्न भएका ४५ वटा योजनाको भुक्तानी प्रक्रिया सम्पन्न भइसको छ । बाँकी अरु योजनाहरु पनि असारभित्र सम्पन्न हुदैछन् ।
निर्वाचन क्षेत्र पूर्वाधार बिकासको काम सबै उपभोक्ता समितिले गर्ने गर्छन ।
चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको गोरखामा प्रति क्षेत्र दुई÷दुई करोड रुपैयाँका दरले सांसदले आठ करोड रुपैयाँका कार्यक्रमहरुमा बजेट बिनियोजन गरेका थिए ।


एउटा निर्वाचन क्षेत्रमा अधिकतम २५ वटा योजना छनौट गर्न पाउने कार्यविधि अनुसार योजना छनौट भएको थियो ।
अहिले प्रदेश सभा सदस्यहरु सत्ता गिराउने र बनाउने खेलमा छन् जसले गर्दा सम्पन्न भएका योजनाहरु पनि राम्ररी अनुगमन भएका छैनन् । यसैपनि सांसदले बाँड्न बजेट कार्यकर्तामुखी हुन्छन् भन्ने आरोप छ । योजना छनौट र काम गराइको ढंग ढाचाले पनि यसलाई पुष्टि गर्छ । झन् फितलो र झारा टाराइ प्रकारको अनुगमनले सांसदको बजेट कार्यकर्तालाई गरिखाने भाँडो नै हो रहेछ भनेर विश्वास गर्न बाध्य बनाउने पार्छ ।


आर्थिक बर्षको अन्तिम हुन लागिसकेको छ । कतिपय कामको त बल्ल काम सुरु भएका छन् । अबको केही दिनमा लटरपटर गरेर सम्पन्न गरी बिलपास गर्ने काम मात्र हुने छ । बुझ्दाबुझ्दै, जान्दाजान्दै कडाइ नगर्नाले यसलाई हाम्रा माननीय सांसदहरुले पनि बढवा दिएको प्रष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्