| सोमवार, कार्तिक २३, २०८३

कोभिडको मौका छोपी हुने सबै अवाञ्छित गतिविधि नियन्त्रण होओस

कोभिड १९ ले अहिले विश्व परिवेशलाई गाँजेको छ । यसका कारण अधिकांश देशमा लकडाउन विद्यमान छ । छिमेकी मित्रराष्ट्र भारत कोभिडको सबैभन्दा धेरै ठूलो चपेटामा प¥यो ।
खुल्ला सीमाना भएकाले नेपालमा पनि यसको दुश्प्रभाव प¥यो । नेपालले यसबाट बच्न गरेको हर प्रयास बिफल भयो, अन्ततः यहाँ कोभिड अनियन्त्रित रुपमा फैलियो । पहिलो चरणमा शहरकेन्द्री कोभिड यो दोस्रो चरणमा गाउँकेन्द्री भइदियो ।

अहिले गोरखाको बारपाक, क्यामुण्टार, ठाँटी, धावा, बुंकोट लगायतका गाउँहरुमा भयाबह बनिरहेको छ ।
पहिलो चरणको लकडाउनका बेला खुल्ला गर्नुप¥यो भन्ने आवाजहरु सुनिन्थ्यो तर यसपटक संक्रमण दर र मृत्यूदर बढिरहेकाले खुल्ला गर्नुप¥यो भन्ने आवाज सुन्नमा आएको छैन । दोस्रो भेरियण्ट आउला भनेर कसैले सोचेका थिएनन्, तर अहिले नै तेस्रो भेरियण्टको समेत चर्चा चल्न थालिसकेको छ । त्यसैले पनि सबै मौन भएका हुन् ।

तर यो बन्दाबन्दीको अवसर छोपेर धेरै अवाञ्छित गतिविधिहरु पनि भइरहेका छन् । चोरी तस्करीका गतिविधिहरु हुन थालेका हुन् । विशेषगरी नदी खोलामा बालुवा चोर्ने, नदी खोलामा करेण्ट लगाएर माछा मार्ने जस्ता अवैध गतिविधिहरु फस्टाएको खबर छ ।
यसमा स्थानीय सरकारले पहिलो चासो दिनुपर्छ ।

अनि उनीहरुको आग्रहमा प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रणमा लिन्छ । प्रहरी आफै अन्तरर्यामी होइन कि जहाँ जहाँ यस्ता गतिविधि भएका छन्, नियन्त्रण गर्न पुगोस् । त्यसका लागि सर्वसाधारण नागरिक तथा जनप्रतिनिधिहरुले सूचना गर्नुपर्छ ।
त्यस्तै सामाजिक अगुवाहरुले पनि समाजमा अवैध गतिविधि भए भने रोकथाम गर्न पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्