| सोमवार, कार्तिक २३, २०८३

माओवादी केन्द्रद्धारा सिरानचोकमा कोभिड स्वास्थ्य इकाई गठन

तिब्र रुपले फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरस नियन्त्रणका लागि नेकपा माओवादी केन्द्र सिरानचोकले कोभिड स्वास्थ्य इकाई गठन गरेको छ ।

जिल्ला सचिवालय सदस्य नवराज पुडासैनीको नेतृत्वमा कोभिड स्वास्थ्य इकाई सिरानचोक गठन गरिएको हो ।

१९ सदस्यिय समितिले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्नुका साथै आइसोलेशन निर्माण, कोरोना संक्रमितको उद्धार एवं उपचारमा सहजिकरण गर्ने निर्णय गरेको संयोजक पुडासैनीले बताए ।
सबै वडामा वडा संयोजक पनि तोकिएको छ । योङ कम्युनिष्ट लिग बाइसिएल र वडा संंयोजकलाई पनि संक्रिय बनाउने उक्त समितिले निर्णय गरेको छ ।

उक्त समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि, समर्थक तथा शुभचिन्तक समक्ष स्वेच्छिक सहयोग संकलन गरी संक्रमण हुनबाट बच्ने आधारभूत स्वास्थ्य सामग्री खरिद तथा संकलन गरी संस्थागत बितरण गर्ने, संक्रमितको अवस्था बुझेर आवस्यकता अनुसार परिक्षण तथा उद्धार गर्ने, क्वारेन्टाइन, आइसोेलेसन निर्माण गर्ने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने निर्णय गरेको संयोजक पुडासैनीले जानकारी दिए ।

संक्रमण नियन्त्रण तथा रोकथामको लागि गाउँपालिकाबाट ढिलासुस्ती, अनिच्छा तथा लापरवाही भएको निश्कर्ष सहित ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । जौवारी प्राथामिक स्वास्थ्य केन्द्रमा कोभिड संक्रमितको उपचार गर्न थप पहल गर्ने, गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा हुने उपचार प्रक्रियाको अध्ययन र तथ्थांक संकलन गरी प्रभावकारी उपचारको लागि सहजीकरण गर्ने र प्रत्येक वडाका स्वास्थ्य चौकीहरुलाई एन्टिजेन परिक्षण गर्न सक्षम बनाउन पहल गर्ने संयोजक पुडासैनीले बताए ।

प्रतिक्रिया दिनुहोस्