| आइतवार, कार्तिक २२, २०८३

लालबाबु

लालबाबुका पीएलाई दोहोरो भत्ता किन ?

सुशील कोइराला प्रधानमन्त्री छँदा ग्रिनकार्डधारी र अनियमितता गर्ने सरकारी कर्मचारीविरुद्ध जेहाद छेडेकैले एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदापनि एमाले नेता लालबाबु पण्डितले दोहोर्‍याएर सामान्य प्रशासन मन्त्री बन्ने अवसर पाए।

तर, तिनै पण्डितले दोस्रोपटक सामान्य प्रशासन मन्त्री बन्दा त्यस्ता सरकारी कर्मचारीलाई आफ्नो निजी सचिवको जिम्मेवार दिएका छन्, जसले नियम विपरित भत्ता सुविधा लिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।

महालेखा परिक्षकको प्रतिवेदनले दोषी ठहर गरेका मन्त्री पण्डितका निजी सचिव हुन्, होमप्रसाद लुइँटेल। उनी सामान्य प्रशासन सेवाका उपसचिव छन् र अहिले मन्त्री पण्डितको निजी सचिवको भूमिकामा छन्।

तिनै लुइँटेलले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा काजमा खटिँदा लुइँटेलले नियमविपरित भत्तासुविधा लिएको दावी महालेखा परिक्षकको प्रतिवेदन २०७३र०७४ ले गरेको छ।

प्रतिक्रिया दिनुहोस्