| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य सावधानी अपनाऔँ, भरसक बन्द नगरौँ

केही हप्तायता नेपालमा कोभिड १९ को दोस्रो लहरको चर्चा चुलिएको छ । कोरोनाको चाप बढ्न थालेपछि सरकारले उपत्यकामा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको छ ।
कोरोना प्राणघातक महामारी हो ।

यसको बिकराल रुप अहिले भारतका महाराष्टू, दिल्लीमा देखिएको छ । भारत एक सम्पन्न मुलुक हो । यसले त्यति विशाल, सम्पन्न मुलुकलाई हायल कायल बनाइरहेको छ । यही रुपमा नेपालमा प्रवशे गरेमा यहाँको अबस्था के होला ? चिन्ताको विषय छ । त्यसैले यसको पर्याप्त सावधानी अपनाउनुको बिकल्प छैन ।
अघिल्लो बर्ष कोभिडका कारण अधिकांश ज्येष्ठ नागरिक, दीर्घरोगी संक्रमित भएका थिए, मृत्यू हुनेमा पनि अधिकांश ज्येष्ठ नागरिक तथा दीर्घरोगी नै थिए । तर यसको दोस्रो लहरमा बढि युवा जमान संक्रमित भएको देखिएको छ ।

मृत्यू हुनेमा पनि अधिकांश बाल तथा युवा जमात नै छन् ।
गोरखाकै सन्दर्भमा भन्नुपर्दा पनि हट्टाकट्टा युवाहरु नै अस्पतालको आइसियूमा छन् । त्यसैले कसैले पनि यसप्रति हेलचेक्र्याइँ गर्नु हुदैन ।
कोरोना समाधानको अचुक उपाय ‘लकडाउन’, ‘निषेधाज्ञा’ होइन भनेर सबैले जानेका छन् । सरकारले पनि जानेको छ ।

लकडाउन गर्दैनौँ भनेर आस्वस्त पनि सरकारले पारेको थियो । तर आउँदो बिहिबारदेखि लागु हुने गरी सरकारले सोमबार काठमाडौँमा निषेधाज्ञा जारी गरेको छ ।
गोरखाकै कतिपय पालिकाले विद्यालय बन्दको घोषणा गरेका छन् ।

जुन दुखद निर्णय हो । बन्द गर्नु सुखद त हुदैहुदैन, बाध्य भएर नै गर्ने हो तैपनि यति छिट्टै बन्दको घोषणा गरिहाल्नु पर्ने अबस्था थिएन ।
बन्द, निषेधाज्ञा, लकडाउन भन्दा पनि स्वास्थ्य सावधानी अपनाएरै सबै सेवा सुचारु गर्नु वुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्