
सरकारले तत्कालै देशव्यापी लकडाउन गर्दैन : मन्त्री ज्ञवाली
सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । नेकपा एमाले १०औं महाअधिवेशन आयोजक किमिटिको तेस्रो बैठक पछि पत्रकारहरुसँग कुरागर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताउनु भएको हो । उहाँले हटस्पटमा अलग्गै लकडाउन हुन सक्ने तर देशव्यापी लकडान तत्काल नगरिने स्पष्ट गर्नुभयाे ।
बैठकमा शनिवार बसेकाे काेभिड मेनेजमेन्ट किमिटीकाे बैठककाे निश्कर्ष जानकारी गराइएकाे थियाे । बैठकमा काेराेना भाइरसकाे डबल म्यूटेन देखिएकाे र तेस्राे पनि आशंका गरिएकाे जानकारी गराइएकाे थियाे । हिजाेकाे बैठकमा अक्सिजन प्लान्ट विस्तार औषधिकाे व्यबस्था गर्ने बारे छलफल भएकाे र साेही अनुसार पार्टी कमिटीलाइ पनि काेभिड विरूद्ध परिचालन गर्ने अाजकाे बैठकमा छलफल भएकाे जानकारी गराउनुभयाे ।




